हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

नराम्रो सपना देखेमा , यसो गर्नुहोस

एजेन्सी ।  निन्द्रामा नराम्रो सपना देख्नुहुन्छ ? या कुनै पनि कुरामा आफ्नो ध्यान केन्द्रित गर्न सकिरहनु भएको छैन ? त्यसो भए सावधान हुनुहोस् । यस्तो छ भने तपाईंलाई मानसिक रोग ‘पोष्ट ट्रमाटिक स्ट्रेस डिस्अर्डर (पीटीएसडी)’ को शिकार हुनु भएको हुन सक्छ । मनोवैज्ञानिकहरु भन्छन्, ‘यो रोगबाट पीडित मानिसमा चिडचिडाहट हुने र सानो कुरामा पनि रिसाउने हुन्छ । यो यस्तो समस्या हो, जहाँ अतितका घटनाहरु वर्तमानमा प्रतिक्रिया दिन्छन् ।’ अनुसन्धानका अनुसार बाल्यकालमा मनमा आघात या पारिवारिक तनावले पीटीएसडी हुने सम्भावना बढाउँछ । यौन दुव्र्यवहार, युद्ध अवस्था, सडक दुर्घटनाजस्ता घटनाबाट पनि यस खालको मानसिक समस्या सिर्जना हुन्छ । कहिलकाही यस्तो समस्या भएका मानिसले आत्महत्याको सहारा पनि लिन सक्छन् ।

पीटीएसडीका लक्षण

चाँडै ब्युझनु या निद्रामा नराम्रा सपना देख्नु
एउटै घटना बारम्बार देख्नु या याद आउनु
बिर्सने समस्या
ध्यान केन्द्रित गर्न कठिनाई
अति सतर्कता, अचानक तीब्र रिस उठ्ने या कहिलेकाहीँ हिंस्रक पनि हुनु
अचानक डर सिर्जना हुनु
अकारण मांसपेशीमा पीडा हुनु
घबराहट र चिन्ता बढ्नु
अत्यधिक लाज, ग्लानी हुनु
अत्यधिक भावुक हुनु

उपचार

पीडितको मनोदशामा चाँडै सुधार या आघातको लक्षण कम गर्न चिकित्सकले ‘मूड एलिभेटर’ थेरापीको प्रयोग गर्छन् । यसका लागि सम्मोहनको पनि सहारा लिइन्छ । यो विधि उपयोगी साबित पनि भएका छन् ।

मनोचिकित्सकीय विधि

संज्ञानात्मक व्यवहार थेरापी (कग्निटिभ बिहेबरल थेरापी) : यो एक वैज्ञानिक वार्तालापको विधि हो । यसमा दर्दनाक घटनाबाट उत्पन्न गलत सोचका बारेमा पीडितसंग कुराकानी गरिन्छ ।

आघात केन्द्रित विधि : यो विधि पीडितलाई आघातसम्बन्धी कुराकानी गर्न लगाएर चिन्ता हटाउने प्रयास गरिन्छ ।

चिकित्सकको औंला देखाएर कुरा गर्ने विधि : यसअन्तर्गत पीडितलाई चिकित्सकको औंला देखाएर आघातका बारेमा कुुरा गर्न प्रोत्साहित गरिन्छ । यसबाट पीडितको लक्षणमा सुधार सम्भव हुने मानिन्छ । पीटीएसडीको उपचारमा यो सबैभन्दा उपयोगी तरिका हो । @ स्वास्थ्यखबर पत्रिका






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution