हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

काभ्रे काँग्रेसका उमेद्वार गणेश लामा तामाङलाई जिताउन रातारात काठमाडौंमा जम्मा भए एक हजार युवा

काठमाडौं । नेपाली काँग्रेस काँभ्रेका तर्फवाट उमेद्वार भएकाहरुलाई जिताउन भन्दै काठमाडौंमा रातारात सयौं यूवा जुटेका छन्।

काभ्रे प्रतिनिधी सभा १ अन्तर्गत प्रदेश सभा ख का उमेद्वार गणेश लामालाई जिताउन काठमाडौंमा करिब एक हजार युवा रणनीति बनाउन जुटेका छन्।

काठमाडौंमा सोमबार साँझ जम्मा भएका काभ्रेपलाञ्चोकका युवासँग लामाले आफ्ना चुनावी अभियानका बारेमा चर्चा गरेका थिए।

काठमाडौंमा रहेका आफ्ना मतदाता, तरुण, विद्यार्थी तथा व्यवसायी साथीहरुसंग अन्तर्क्रिया गर्न आयोजित कार्यक्रममा युवा नेता लामाले बिलम्ब नगरी तत्काल आफ्ना गाँउ, टोल र नगरमा परिचालित हुन सबैसँग आग्रह गरेका थिए ।

व्यवसाय, समाजसेवा र राजनीति मार्फत काभ्रे जिल्लामा क्रियाशिल गणेश लामाले देशभर युवाहरुको माहोल जागेको बताउँदै यतीवेला युवाहरुकै राजनीतिक भविष्यका लागी ज्यादा जागरुक हुने पर्ने बताए ।

काभ्रेवासीको माया र सद्भावका कारण आफुले उमेद्वार भएर चुनावी मैदानमा उत्रेकाले आफुले आम युवा, विद्यार्थी र अग्रजहरुको आफुप्रतीको भरोसालाई निराशामा परिणत गर्न नदिने उनले उद्धोष गरे ।

अग्रज नेता तथा क्रियाशिल कार्याकर्ता सामु उनले उच्च मनोवलका साथ चुनावमा होमिन र कुनै त्रुटि कमी कमजोरी रहे तत्काल सुझाव दिन आग्रह गर्दै आम काँग्रेसी एक ढिक्का भई काभ्रेका दुवै प्रतिनीधि सभा र चारै प्रदेश सभा जिताउन अपिल गरे ।

कार्यक्रममा काभ्रे काँग्रेसका सहसचिव इश्वरी ओझाले राजधानीमा रहेका आम काभ्रेली युवालाई एकत्रित गरी व्यापार व्यवसाय र कल्याणकारी कार्य गरिरहेका नेता गणेश लामा काभ्रेका मात्र नभई देशभरीकै आम युवाहरुका ढुकढुकी रहेको बताए ।

काभ्रेमा तिर्थ लामा, गणेश लामा, सिबी लामा, सुन्दरमणी आचार्य जस्ता दरिला युवा नेताहरुप्रतिको आकर्षणले विजयको माहोल देखेर प्रतिपक्षीहरु अत्तालिएको बताउँदै जिल्ला सभापती मधु आचार्य, पूर्व मन्त्रि कञ्चन वादे जस्ता आइरन म्यानसंग बाम गठबन्धनले प्रतिस्पर्धा गर्न नसक्ने ओझाले दावी गरे ।

विभिन्न व्यवसाय मार्फत जिल्लाका सयौं युवालाई प्रत्यक्ष रोजगारी दिएका विकासप्रेमी लामा परोपकारी कार्य मार्फत काभ्रेका मतदाता र जनतामाझ निकै लोकप्रिय छन् । उनी देश र परदेशको राजनीतिक चर्चा भन्दा स्थानीय विकास र सेवामा सक्रिय नेताका रुपमा परिचित छन् ।

कार्यक्रममा पनौती नगर सभापती रामशरण भण्डारी, सचिव राजेशराज महत, काभ्रे काँग्रेसका पूर्व उपसभापति गणेशमान लामा, महासमिति सदस्य सञ्जिव लामा, जिल्ला सदस्य जगन्नाथ गिरी, महिला नेतृ अञ्जु रञ्जित केसी, प्रेस यूनियन काभ्रेका पूर्व अध्यक्ष बद्रीराज तिमल्सिना, नमोबुद्ध काठमाडौं सम्पर्क समितिका अध्यक्ष भोला भट्टराई सहित करिव एक हजार युवा सहभागी थिए






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution