हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

हेलिकप्टर चढ्न दलका प्रतिनिधिबीच हानथाप, मतपेटिका नलिई फर्कियो हेलिकप्टर

 

हेलिकप्टर चढ्ने विषयमा राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि दुर्गम गाउँपालिका काँडाको मतपेटिका नलिई हेलिकप्टर फर्किएको छ । मतपेटिका संकलन गर्न गएको हेलिकप्टरमा आफूहरु पनि चढ्न पाउनुपर्ने माग दलका मतदान प्रतिनिधिले राखेका थिए । ६ जना मात्र चढ्न मिल्ने हेलिकप्टरमा ठाउँ अभाव भएका कारण क्याप्टेनले दलका सबै प्रतिनिधि नअटाउने बताएपछि विवाद बढेको थियो ।

काँडा गाउँपालिकामा ५ वटा मतदान केन्द्र छन् । नेपाली सेनाको हेलिकप्टरले पहिलो पटक धुलि निम्न माध्यमिक विद्यालयमा रहेको २ वटा मतदान केन्द्रबाट ६ वटा मतपेटिका र दुई जना मतदान अधिकृतलाई ओसारेको थियो । दोस्रो पटकमा काँडाकै धलौन माध्यमिक विद्यालय मतदान स्थलमा रहेका दुई वटा मतदान केन्द्रका ६ वटा मतपेटिका र २ जना मतदान अधिकृतलाई लिएर हेलिकप्टर काँडा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा पुगेको थियो ।
‘२ जनाको सिटमा धलौनको मतपेटिका राखिएको थियो । खाली रहेका ४ सिटमध्ये ३ सिटमा धलौनकै मतदान अधिकृत र पत्रकार थियौ’  मतपेटिका संकलनको छायाँकन गर्न काँडा पुगेका कान्तिपुर टेलिभिजनका पत्रकार सुवास कठायतले विवादको कारणबारे भने ‘हेलिकप्टरमा एक जना मान्छे र ३ वटा मतपेटिकाको लागि मात्र ठाउँ थियो । तर दलका प्रतिनिधिले कि त हामीलाई पनि हेलिकप्टरमा लैजानु पर्छ हैन भने मतपेटिका सहित सबै हिंडेर जानुपर्छ भनेर जिद्दी गर्न थाले ।’

को चढ्ने भन्ने विषयमा विवाद भएपछि काँडा माध्यमिक विद्यालयको प्राङगणमा आधा घण्टा भन्दा बढी हेलिकप्टर रोकेर राख्नु परेको थियो । वाम गठवन्धनका तर्फबाट मतदान प्रतिनिधि बसेका व्यक्तिले आफूले हेलिकप्टरमा जान पाउनु पर्ने माग राखेपछि लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिले आफू पनि जान पाउनु पर्ने अडान लिएका थिए ।

धलौनका मतदान अधिकृत र हेलिकप्टरका क्याप्टेनले सिट खाली नभएका कारण एक जना मतदान अधिकृत र मतपेटीका मात्र लैजान सकिने भन्दै लामो समय उनीहरुलाई सम्झाउने प्रयास गरेका थिए ।
विवादका कारण हेलिकप्टरबाट ओसार्न नसकेपछि काँडा माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका स्थलमार्गबाटै ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत पूर्ण प्रसाद बाँस्तोलाले बताए । ‘काँडाबाट हिंडेको दुई दिनमा सदरमुकाम आइपुग्छ । कहिले हिड्ने भन्ने बारेमा छलफल गर्दै छौ,’ उनले भने, ‘रातदिन गरेर भएपनि छिटो मतपेटिका ल्याउने कोसिसमा छौ ।’ विवाद भएको मतदानस्थल सदरमुकामबाट ९० किलोमिटरको दुरीमा छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution