हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजरायलमा प्रत्यक्ष गजल वाचन प्रतियोगिता सफलताको साथ सम्पन्न

तेलअविव –  बिश्व नेपाली साहित्य महासंघ शाखा इजरायल द्वारा आयोजना गरेको प्रत्यक्ष गज़ल वाचन प्रतियोगिता कार्यक्रम भब्य र सभ्यताका साथ तेलअविव इजरायलमा सम्पन्न भएको छ |

शाखा इजरायलकी अध्यक्ष सानु गुरुडको सभापत्तित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली रातदुतबास इजरायलका  महामहिम राजदुत  निरन्जन थापा हुनुहुन्थ्यो भने  बिशेष अतिथिमा एनआरएन इजरायलका अध्यक्ष छिरिङ शेर्पा र अतिथिहरुमा इजरायलस्थित विभिन्न संघसंस्था र मिडियाकर्मीहरु रहेका थिए |

सभापति  सानु गुरुङ , प्रमुख अथिति राजदुत महामहिम   निरन्जन थापा र बिशेष अतिथिमा एनआरएन इजरायलका अध्यक्ष छिरिङ शेर्पाले सयुक्त रुपमा  पानसमा दिप प्रज्जलन गरी कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो |

प्रतियोगिताका प्रमुख निर्णायकको भूमिकामा नेपालबाट गज़लकार  महादेव अधिकारीले गर्नु भएको थियो | गज़ल वाचन तर्फ निर्णायकमा नेपाली दुतावास इजरायलका महामहिम निरन्जन थापा  र  सहचारी भोज कुमार भट्टराईले गर्नु भएको थियो |

कार्यक्रमको शुभारम्भ गर्नका निमित्त राष्ट्र राष्ट्रीयता प्रति सम्मान गर्दै राष्ट्रीय गान बज्जाई लगातै कार्यक्रायका अतिथिहरुलाई गीत मार्फत स्वागत गर्न सक्रिय सदस्य सानु खतिवडा र भीमा थापाले कर्ण प्रिय स्वरमा स्वागत गीत गाउनु भएको थियो ।

उपाध्यक्ष  गणेश गौतम सागर ज्युले स्वागत मन्तब्य दिनुको साथ साथै सस्थागत गतिबिधि बारेमा पनि उहाँले नै जानकारी गराउनु भएको थियो |
यसै गरि यसै सस्थाकि सक्रिय सदस्य अनिता राईले आफ्नो नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई अझै रमाइलो पार्नु भएको थियो |

उक्त प्रत्यक्ष्य गज़ल वाचन प्रतियोगितामा १६ जना प्रतियोगीले भाग लिनु भएको थियो |

प्रतियोगीहरुले गज़ल वाचन गरे लगत्तै सस्थाका सक्रिय सदस्य शान्ति राईले आफ्नो रचना पनि वाचन गर्नु भएको थियो यसै गरि सक्रिय सदस्य अनिता राई ज्यु ले पनि आफ्नो मिठो रचना वाचन गर्नु भएको थियो भने भने उपाध्यक्ष गणेश सागर गौतमले आफ्नो सुमधुर स्वरमा मिठो गीत प्रस्तुत गर्नु भएको थियो | यसै गरि सक्रिय सदस्य श्री डम्बर गुरुङ ज्युले पनि मिठो गीत गएर कार्यक्रमलाई अझ रोचक बनाउनु भएको थियो |

सम्पूर्णको गज़ल निकै सुन्दर र मार्मिक भए पनि प्रथम द्वितीय तृतीय छान्नु पर्ने भएकोले ति गज़लहरु मध्ये ४ वटा गज़ल उत्कृस्ट हुन सफल बने |  प्रथममा दुई जना  सानु खतिवडा  र  विमला शर्मा ढुंगाना , द्वितीयमा  शान्ता खवास  र  तृतीयमा  निर्मला गुरुङको गजलले स्थान पाएका थिए  |

गज़ल वाचन गर्नु हुने सम्पूर्ण सहभागीहरुलाई प्रमाण पत्र साथै प्रथम द्वितीय र तृतीय हुनु हुनेहरुलाई पुरस्कार महामहिम राजदुत  निरन्जन थापा को हातबाट प्रदान गर्नु भएको थियो |

कार्यक्रमको अन्त्यमा सभापति सानु गुरुङले उपस्थित सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो |

कार्यक्रम संचालिका संस्थाकी सचिव विमला शर्मा ढुंगानाले गरेकी थिए ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution