साउदी र इजरायलको मित्रताबाट ईरानलाई कति खतरा ?

काठमाडौं । साउदी अरब र इजरायल मध्य–पूर्वमा ईरानको बढ्दो प्रभाव विरुद्ध वास्तविक सहयोगीका रुपमा उदय भइरहेका छन् । अहिले दुबै मुलुकबीच आपसी सम्बन्ध विकसित हुँदै गएको छ । तर यो अत्यन्तै संवेदनशिल मोडमा रहेको छ । दुबै मुलुकबीचको सम्बन्धलाई लिएर केही न केही ‘खिचडी’ पाक्दै गरेको संकेत मिल्दै आएको छ ।
गत साता इजरायलका सेना प्रमुख जनरल गडी आइजेनकोटले ब्रिटेनस्थित एक साउदी अखबार ‘एलाफ’लाई दिएको अन्तरवार्तामा इजरायल ईरान विरुद्ध साउदी अरवसँग खुफिया सूचना आदान प्रदान गर्न तयार रहेको बताएका थिए । इजरायली सेनाका प्रमुखले भनेका थिए, ‘‘दुबै मुलुकको साझा हित छ । मध्य–पूर्वमा ईरान हाम्रालागि चिन्ताको विषय हो र हामी एकआपसमा मिलेर ईरान विरुद्ध लड्न तयार छौं ।’’
त्यसको केही दिनपछि फ्रान्सको राजधानी पेरिसमा साउदी अरबका पूर्व न्याय मन्त्री डा. मुहम्मद बिन अब्दुल करीम इस्साले इसराइली अखबार ‘मारिव’ कुनै पनिी हिंसा र आतंककारी गतिविधीहरुलाई इस्लामको नाममा सही ठह¥याउन नसकिने बताएका थिए ।
इजरायल यो सम्बन्धका माध्यमबाट साउदी अरबका नागरिकलाई सहज पनि बनाउने प्रयास गरिरहेको छ । यो मामिलामा इजरायल आफ्नो राजनीतिक संस्कृतिका हिसाबले अघि बढीरहेको छ । इजराइल जुन सुकै सम्बन्धमा काम गरेर देखाउनुभन्दा बढी बोल्दै आएको मुलुक हो । उ साउदी अरबको मामिलामा पनि यस्तै देखिएको छ ।
ईरानका लागि खतरा
साउदी अरब र इजरायल बीच पछिल्लो समयमा सिर्जना भएको सम्बन्ध परिस्थितिजन्य सम्बन्ध हो । सन् २००३ मा अमेरीकाको नेतृत्वमा सहयोगी मुलुकहरुले इराकमा सद्दाम हुसैनको शासन सत्ता समाप्त पारेका थिए । सद्दाम हुसैनको मृत्यु पछि सुन्नी अरबमा शिया ईरानको प्रभुत्व बढेको छ ।
यसकै कारण इराकमा शिया प्रभुत्वयुक्त नेतृत्वको ईरानसँग नजिकको सम्बन्ध बन्न पुग्यो । इराकी शिया लडाकु सीरियामा बशर अल–असदको समर्थनमा कथित इस्लामिक स्टेट विरुद्ध लड्नुलाई संयोग मान्न सकिन्न । सीरियामा जारी गृहयुद्धमा ईरानका राष्ट्रपति बशर अल–असदलाई समर्थन मिलिरहेको छ । सीरियामा रूसपनि बशर अल–असदको समर्थनमा हवाई हमला गर्दै आएको छ । साथै उसले हतियारपनि उपलब्ध गराउँदै आएको छ ।
यसकारण ईरान र साउदीबीचको दुश्मनी रणनीतिक र धार्मिक दुबै रुपले देखिएको छ । ईरानको आत्मविश्वास, उसका सहयोगीहरु र प्रतिनिधीहरुबाट लेबनानमा शिया मिलिशिया समुह हिजबुल्लाहको जीततर्फ अग्रसर रहेको सहजै अनुमान लगाउन सकिन्छ ।
मोहम्मद बिन सलमान
यस्तो अवस्थामा इजरायल र साउदीबीच बढ्दो सम्बन्धबाट उनीहरु ईरानलाई कहिल्यै परमाणु शक्ति सम्पन्न देश बन्न नदिन प्रयासरत रहेका अनुमान पनि लगाइएको छ ।
ईरानसँगको परमाणु हतियार मामिलामा अन्तरराष्ट्रीय सम्झौताबाट दुबै मुलुक परेशान छन् । उक्त सम्झौतालाई टेकेर ईरानको परमाणु गतिविधीहरुलाई सीमित पारिएको छ । लेबनानमा प्रशिक्षित हतियारधारी हिजबुल्लाहको शक्ति त्यस क्षेत्रको स्थीरताका लागि खतरा सावित हुन सक्ने दुबै मुलुकको बुझाई छ ।
साउदी र ईरान
सीरियाको युद्धबाट रूस र ईरानले अमेरीका र उसका सहयोगी देशहरुलाई बाहिर राखेको छन् । समग्रमा हेर्दा अमेरीकासँग मध्य–पूर्वमा ईरानको प्रभाव न्यून गर्न सक्ने कुनै विश्वसनीय नीति नै छैन् ।
त्यस्तै साउदी अरबका क्राउन प्रिन्सले आफ्नो देशको हितलाई प्राथमिकता दिने फैशला गरेका छन् । यी सबै घट्नाक्रम हेर्दा मध्य–पूर्वमा इजरायल र साउदी अरब अमेरीकाको प्रभाव क मगर्न चाहन्छन् । यसबाट रुस जस्तो पुरानो महारथीको ‘कमव्याक’ हुन सक्छ ।
डराएको इजरायल
प्रिन्स मोहम्मद यस क्षेत्रमा ईरानको प्रभाव कम गर्नका लाष् िदुई रणनीतिमा केन्द्रीत छन् । उनी यसका लागि साउदी अरबको राजशाहीलाई पनि आधुनिक बनाइरहेका छन् ।
प्रिंस मोहम्मद यस क्षेत्रको भविश्य परिवर्तन गर्नु पर्छ भन्नेमा पनि प्रतिवद्ध छन् । यसका लागि उनले आफ्नै घरबाट परिवर्तन सुरु गरेका छन् । साउदीमा यो सुधारलाई प्रिन्स मोहम्मदले ईरानको सामना गर्नका लागि जारी राख्ने अनुमान गरिएको छ ।
@बीबीसीबाट