हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

युवा स्वरोजगार र उत्पादन कार्यक्रम-‘म सक्छु म गर्छु‘

-प्रदिप तुलाचन

खासगरी २००७ सालको राजनीतिक आन्दोलनपछि नेपाल निरन्तर राजनीतिक संक्रमणको चरणमा देखिएको छ । यसबीच प्रजातन्त्रका लागि नै तीनपटक आन्दोलन भए । त्यसले राजनीतिक परिवर्तन त भयो तर आर्थिक समृद्धिको नारा अगाडि सार्न सकेन । अर्थात् राजनीतिक दलले युवालाई राजनीतिक उद्देश्य प्राप्तिको योद्धा त बनाए तर आर्थिक समृद्धिको बाहक बनाउने प्रयत्न गरेनन् ।

अनौपचारिक तथ्यांकअनुसार करिब चार लाख युवा बर्सेनि नेपाली श्रमबजारमा आउँछन् । दैनिक करिब १५ सय युवा रोजगारीका लागि मलेसिया र खाडी मुलुक जाने गरेका छन् । रोजगारीका लागि झन्डै ३५ लाख युवा विदेशमा छन् । खाडी मुलुकबाट औसतमा दैनिक तीनजनाको युवाको शव नेपाल आइपुग्छ । यो हृदयविदारक अवस्थामा परिवर्तन गर्न सरकारले अहिलेसम्म युवालक्षित कार्यक्रम ल्याउन सकेन । भएको एउटा युवा स्वरोजगार कार्यक्रमलाई पनि प्रभावकारी बनाउन सकेको छैन । पारिवारिक जीविकोपार्जनका लागि बिदेसिएका युवालाई स्वदेशका स्वरोजगार बनाउने अवधारणा आउनै सकेन ।

तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईद्वारा युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कोष अवधारणा आयो । तर, अहिले युवा स्वरोजगार कोष निष्क्रियजस्तै भएको छ । कोषबाट आठ वर्षमा २४ हजार युवाले ऋण लिए । तर, उनीहरूलाई सीप दिइएन । अहिले त्यही कार्यक्रमअन्तर्गतको एक खर्ब रुपैयाँ राष्ट्र बैंकमा फ्रिज भएको छ । सरकारले काम गर्न नसक्दाको परिणाम हो यो । एकातिर युवालाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता, अर्कोतिर राष्ट्र बैंकमा उनीहरूका लागि छुट्याइएको बजेट फ्रिज भइरहेको छ । यो नीति असफल हुनुमा नेता र सरकारको निकम्मापन जिम्मेवार छ । नेताहरूले मुख्य ठाउँमा आफ्ना नातेदार र अक्षम व्यक्तिलाई नियुक्ति दिए । परिणामस्वरूप युवा व्यवसायीले ऋण पाएनन् । तर, नेताका आसेपासेले ऋण पाए र त्यसको दुरुपयोग गरे । कतिपय ऋण फिर्ता नै भएका छैनन् । त्यसैले हामीले यहीबाट सिकेर उत्पादन क्षेत्रमा लगानी गर्ने, प्राविधिक सीप दिने, आवश्यक सामानको जोहो गराइदिने र बजारसमेत व्यवस्थापन गराइदिने अवधारणा सार्वजनिक गर्दै छौँ ।

युवा अर्थात् समृद्धिका वाहक

नयाँ शक्तिले युवावर्गलाई राजनीतिक कार्यकर्ता र उनीहरूको योद्धा बनाउने भन्दा पनि आर्थिक समृद्धिको वाहक बनाउन सकिन्छ भन्ने अवधारणा अगाडि ल्याएको छ ।

त्यसका लागि तीन चरणका कार्यक्रम तय गरेको छ । हो, नयाँ शक्ति सत्ता र सरकारको कुनै संरचनामा छैन तथापि युवावर्गलाई आर्थिक समृद्धिको वाहक बनाउने मिसन, भिजन र रोडम्याप छ । त्यसका लागि रणनीति र नीति बनाएको छ । आर्थिक समृद्धिका लागि सात वर्षभित्र बेरोजगार युवालाई स्वदेशमै कसरी रोजगार दिलाउन सकिन्छ भन्ने अवधारणा तय गरिएको छ । स्वरोजगारमा जोड दिएर युवालाई सीप, तालिम, ज्ञान र बजारको व्यवस्थाका लागि पहलकदमी सुरु गरिँदै छ । उनीहरूको व्यक्तिगत जीविकोपार्जन मात्र होइन, देशको समृद्धिमा उपयोग गर्नुपर्नेछ ।

अहिले सरकारले शैक्षिक प्रमाण–पत्रका आधारमा युवालाई ऋण दिने भनेको छ । यो पनि राजनीतिक कार्यकर्तालाई अवसर दिने नारा मात्रै हो । सीप, ज्ञान र आत्मबल नभएको युवालाई उक्त रकम कसरी दिने ? र, त्यो रकम कसरी कहाँ खर्च हुन्छ ? अहिलेसम्म कुनै खाका आउन सकेको छैन ।

म सक्छु म गर्छु’

बेरोजगारीका कारण बिदेसिएका युवालाई स्वदेशमै आम्दानीको वातावरण बनाउन ‘म सक्छु म गर्छु’ भन्ने योजना आवश्यक छ । यो युवाकेन्द्रित गोष्ठीको कार्यक्रम पनि हो । युवामा कस्तो व्यवसाय गर्ने ? कुन व्यवसाय गर्दा नाफामूलक हुन सक्छ ? र व्यवसायका लागि कहाँबाट रकम पाउन सकिन्छ ? भन्ने ज्ञान पनि छैन । त्यसलाई बजारीकरण गर्ने ज्ञानको कमी छ । धेरै युवामा सीप र ज्ञान छैन । कतिपय युवामा सीप छ, कसैसँग ज्ञान छ । कसैसँग ज्ञान र सीप दुवै छ तर तीसँग आत्मबल र विश्वास छैन । किनभने युवालाई गाइड गर्ने पहल सरकारी तहबाट भएको छैन । यसका लागि पहिला युवावर्गमा आत्मबल र विश्वास बढाउनु पर्नेछ । त्यसका लागि युवासँग विशेष गोष्ठी र छलफल गर्ने योजना बनाएका छौँ । आत्मविश्वास, हिम्मत र आँट आएपछि स्वरोजगार कार्यक्रममा जोड दिने योजना छ ।

युवा स्वरोजगार र उत्पादन कार्यक्रम

आत्मविश्वास, हिम्मत र आँटमा अभिवृद्धि गराएपछि युवालाई स्वरोजगार र उत्पादनका कार्यक्रममा जोड्न सकिन्छ । ‘म सक्छु, म गर्छु’ भन्ने अभियानअन्तर्गत गोष्ठी, छलफल गरेपछि स्वत: स्वरोजगार र उत्पादनका कार्यक्रम तय हुनेछ । त्यसका लागि नयाँ शक्तिको श्रम, सहकारी तथा स्वरोजगार विभागले देशभरका युवालाई राजनीतिक होइन, उत्पादनका कार्यक्रमको प्रशिक्षण दिनेछ । त्यो प्रशिक्षणमा आर्थिक समृद्धि कसरी गर्न सकिन्छ भनेर तालिम तथा प्रशिक्षण दिने हो । त्यसपछि स्वत: उत्पादनसँग जोडिनेछ । युवालाई कुनै व्यवसायमा सक्षम बनाएर समृद्धिको योद्धा बनाउने हो । उत्पादनसँग जोडेर प्रत्येक ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना छ । सबै गाविसमा अहिले भर्खरै यो काम गर्न सक्दैनौँ । हामी विज्ञ छौँ तर साधनस्रोत छैन । त्यसैले अहिले केही जिल्लामा नमुना परियोजनाको रूपमा सुरु गर्छाैं । पछि यो कार्यक्रम प्रत्येक प्रदेश, जिल्ला र गाउँपालिकामा सञ्चालन हुनेछ । वडास्तरसम्म युनिट स्थापना गरी सहजकर्ताबाट कार्यक्रम सहजीकरण गरिनेछ । पहिलो वर्ष प्रत्येक प्रदेशको एक जिल्ला र उक्त जिल्लाअन्तर्गतका पाँचदेखि १० गाउँपालिकामा नमुनाका रूपमा सञ्चालनमा ल्याइनेछ ।

स्मार्ट कोअपरेटिभ डेभलपमेन्ट

युवालाई स्वरोजगार बनाउने तेस्रो स्टेपको कार्यक्रम ‘स्मार्ट कोअपरेटिभ डेभलपमेन्ट’ हो । युवाहरूमा सीप, ज्ञान भएपछि आत्मबल बढाउन सकिन्छ । आत्मबल बढेका युवालाई स्वरोजगारका लागि केन्द्रित गर्ने र त्यसका लािग स्मार्ट कोअपरेटिभ डेभलपमेन्ट कार्यक्रम अगाडि बढाउने हो । यसमा युवा उद्यमीलाई आवश्यक पर्ने सामग्री जुटाउन सहयोगी भूमिका निर्वाह गर्ने हो । ब्रान्डिङ, प्याकेजिङ, लेबलिङ र बजारीकरणको काममा पनि युवा उद्यमीलाई सहयोग गरिनेछ । उत्पादनलाई आवश्यक सामग्रीका मागअनुसार किसान उद्यमीको घरदैलो पुर्‍याउन व्यवस्थापन गर्ने र उत्पादित वस्तुलाई पनि सहर–बजार पुर्‍याई बजारीकरण गर्न सघाउ पुर्‍याउनेछ ।

कति युवालाई रोजगारी ?

आर्थिक समृद्धिका योजना कार्यान्वयनमा ल्याएपछि पूर्वाधार निर्माण अर्थात् बाटोघाटो, रेलमार्ग, सडक बनाउन १० लाख रोजगारी सिर्जना गर्न सकिन्छ । हाइड्रो, सोलार र वाइन्ड इनर्जीमा पाँच लाख, पर्यटनमा सात लाख, उद्योगमा पाँच लाख, कृषि र पशुपालनमा आठ लाख, स्वास्थ्य र शिक्षामा तीन लाख, प्राकृतिक स्रोत–साधन व्यवस्थानमा दुई लाख र सेवा क्षेत्रमा १० लाख गरेर करिब ५० लाखभन्दा बढी रोजगार १० वर्षमा सिर्जना गराउन सकिन्छ । यसका लागि विस्तृत अवधारणा र रणनीति अवश्य चाहिन्छ । ती अवधारणा र रणनीति कार्यान्वयनका लागि भिजनरी नेतृत्व पनि आवश्यक पर्छ । हो, त्यही भिजनरी नेतृत्व हामीसँग छ । त्यसकारण नै केही वर्षमा नै १० लाख युुवालाई स्वरोजगार गराउन सकिन्छ ।

१० लाख युवालाई स्वरोजगार बनाउन सकिन्छ भन्ने योजना बनाउँदै गर्दा त्यसका लागि चाहिने भनेको लगानी हो । त्यो पनि ठूलो मात्रामा त्यसको स्रोत के हो ? कसरी व्यवस्थापन गर्ने ? यसका लागि निश्चित अवधारणा र रणनीति बनाउँदै छौँ । नेपालमा १० किलोमिटर सडक बनाउन १० वर्ष लाग्छ, चीनमा ६ महिनादेखि एक वर्षमा सम्पन्न हुन्छ । १५ वर्षमा पनि १० मेगावाट विद्युत् उत्पादन गर्न गाह्रो भइरहेको हुन्छ, चीनमा दुई वर्षमै सम्भव देखिन्छ । अर्थात् लक्ष्यअनुसारका योजना सम्पन्न गर्न नेपालमा भएको प्रक्रियागत समस्यादेखि राजनीतिक नेतृत्वसम्मको समस्याले जटिलता थपेको छ ।

तालिममा जोड

नेपालमा अहिले सञ्चालनमा रहेका युवा उद्यमीसम्बन्धी कार्यक्रमलाई समीक्षासहित सक्रिय बनाउनुपर्छ । जस्तो युवा स्वरोजगार कोषलाई परिमार्जनसहित विकसित गर्नुपर्छ । कोषले खासमा सीपमूलक तालिम दिनुपर्छ । अहिलेसम्म उसले व्यवसायी बनाउन सीपयुक्त युवा जनशक्ति उत्पादन गर्न जोड दिएको छैन । एकप्रकारले सक्रिय बनाउनुपर्नेमा कोषलाई खुम्च्याइयो । त्यसलाई निरन्तरता दिने हो भने वर्षमा दुई लाख युवालाई रोजगार दिन सकिन्छ ।

नीतिगत परिवर्तन

युवा उद्यमीप्रति आकर्षण बढ्न सकेको छैन । अध्ययन गरेका युवा पनि श्रमभन्दा पनि ‘ह्वाइट कलर जब’मा जोड दिन्छन् । त्यो सरकारी नीतिको कमजोरी र अपूर्णताका कारणले हो । सार्वजनिक खरिद ऐनदेखि सरकारी सेवा प्रवाह गर्ने निकायका ऐनले नै युवालाई उद्यमी हुनबाट वञ्चित गर्नेछन् । ती नीतिलाई परिमार्जन गर्नुपर्छ र युवा उद्यमी बढाउन जोड दिनुपर्छ । ।

सीप र ज्ञानको विनिमय

खासमा धेरै युवामा सीप र ज्ञानको अभाव छ । त्यसको साथमा पुँजीको अभाव छ । युवालाई सीपयुक्त बनाउन सकियो भने ज्ञान आर्जन गर्न सजिलो हुन्छ र उनीहरूमा आत्मविश्वासको तह विकास हुन्छ । त्यसकारण सरकारी निकाय, आइएनजिओ, एनजिओ तथा अन्य निकायले युवामा सीप र ज्ञानको विनिमय गर्नुपर्छ ।

आत्मबल बढाउने

युवामा भएको सबैभन्दा ठूलो समस्या भनेको आत्मबलको कमी हो । हामी आफैँ केही गर्न सकिन्छ भन्ने आत्मबल नहँुदा जागिरे मनोवृत्तिको विकास भएको छ । यसको अन्त्यका लागि युवामा सीप र ज्ञानको विनिमय हुन सक्यो भने युवालाई आत्मबल बढाउन सकिन्छ ।

(कृषि अर्थशास्त्रका विज्ञ तुलाचन नयाँ शक्ति नेपालका श्रम, सहकारी तथा स्वरोजगार विभागका संयोजक हुन्)

(Dr Tulachan holds a PhD degree from Cornell University ,USA and has 30 years of work experience including UN and various multinational companies )

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution