हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

पहिलो चरणको निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न : आयोग

काठमाडौं, मंसिर १० । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन आइतबार (आज) मंसिर १० गते मुलुकका ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जनाएको छ ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आज सम्पन्न निर्वाचन’बारे जानकारी दिने उद्देश्यले आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले पहिलो चरणको निर्वाचनका लागि कायम भएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये छिटफुटबाहेक सबै मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिए ।

उनले भने, ‘प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा आज भएको मतदान कार्य ऐतिहासिकरूपमा सफल भएको जानकारी दिन पाउँदा आयोग हर्षित छ ।’

केही मतदान केन्द्रमा मतदान प्रतिनिधि समयमा उपस्थित नभएका कारणले केही ढिलो मतदान आरम्भ भए पनि सबै मतदान केन्द्रहरूमा तोकिएकै समयमा निर्वाचन सरू भएको जनाउँदै आयोगले मतदाता उत्साहजनक रुपमा मतदानमा सहभागी भएबाट संविधान कार्यान्वयनलाई पूर्णता दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र राजनीतिक स्थायित्व दिने कार्यप्रति नेपाली जनता प्रतिबद्ध रहेको प्रष्ट भएको उल्लेख गरेको छ ।

पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा.यादवले सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको बताए ।

मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्नसक्ने आयोगले अनुमान गरेको छ ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका–११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको उनले जानकारी दिए ।

पहिलो चरणको निर्वाचनलाई कायम गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुईओटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने आयोगले जनाएको छ ।

मतदानसम्पन्न भएलगत्तै सबैै मतपेटिका सुरक्षित तवरबाट जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने कामसमेत सुरू भइसकेको जनाउँदै आयोगले संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने जानकारी दिएको छ ।

आयोगले मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारहरूको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको जनाएको छ ।

यही मंसिर २१ गते दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएलगत्तै मतगणना सुरू गर्ने व्यवस्था मिलाइएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए ।
आयोगले निर्वाचनका लागि अनवरतरूपमा खटिइ कार्यसम्पन्न गर्ने निर्वाचन आयोगका सम्पूर्ण कर्मचारी र निर्वाचनमा खटिएका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको आयोगले प्रशंसा गर्दै धन्यवाद दिएको छ ।
आयोगले निर्वाचनलाई सफल पार्न अहम् भूमिका खेल्नुहुने सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्ताले देखाएको सहयोग, सद्भाव र मैत्रीपूर्ण व्यवहार, समझदारी र सकारात्मक सहभागिताप्रति आयोगले आभार प्रकट गरेको छ ।

पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनलाई सफल पार्नका लागि पनि नेपाल सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आयोगले आग्रह पनि गरेको छ ।@ रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution