दोलखाका मार्बुमा ३ राउण्ड हवाई फायर

दोलखा, मंसिर १० – दोलखाको बैतेश्वर गाउँपालिका मार्बुमा चुनावका क्रममा हवाई फायर भएको छ । मार्बुको कालिका माध्यामिक मतदान केन्द्रमा भोट हाल्न भन्दै मतदाता नामावलीमा नाम नै नभएकाहरु हुल बाँधेर भोट हाल्न आएकाले हवाई फायर गरेर धपाएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिनुभयो ।
प्रहरीले ३ राउण्ड हवाई फायर गरेपछि उनीहरु भागेको र अहिले शान्तिपूर्ण रुपमा मतदान चलिरहेको कटुवालले बताउनुभयो ।