हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

बिहेको ३ दिनमै दम्पतीको मृत्यु

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको खलंगातर्फ जाँदै गरेको जिप शुक्रबार साँझ मुसिकोट नगरपालिका ६ कालीमाटीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ग१ज ४२६० नम्बरको जिप मध्यपहाडी लोकमार्गमा सडकबाट १ सय ५० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र १ को उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । तीन जना घाइते छन् ।

मृत्यु हुनेमा सिस्ने गाउँपालिका ६ का प्रहरी निरीक्षक नवीन श्रेष्ठ र उनकी पत्नी प्रहरी निरीक्षक अनिता प्रधान, मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठ, उनका छोरा सुधन श्रेष्ठ र छोरी सुरेखा शाह, मुसिकोट नगरपालिका १ कै जनक शाह र मुसिकोट नगरपालिका ६ की यमुना मल्ल छन् । शाह भलिबलका राष्ट्रिय रेफ्री हुन् । प्रहरी निरीक्षकद्वय श्रेष्ठ र प्रधानको भने मंसिर ६ मा मात्र बिहे भएको थियो । उनीहरू बिहेपछि कार्यक्षेत्र फर्कंदै थिए |

सुरेखा र यमुना आइतबारको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिएका थिए । मुसिकोट नगरपालिका ७ को जनजागृति मावि साँखको ‘क’ केन्द्रमा उनीहरू खटिएका थिए । दुर्घटनामा चालक दाङका प्रेम थापा, सहचालक बाफिकोट गाउँपालिकाका प्रेम केसी र दाङकै प्रहरी हवल्दार टेकबहादुर खत्री घाइते भएका छन् । उनीहरूको कोहलपुरमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमलाले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताए ।

बिहेको ३ दिनमै दम्पतीको मृत्यु

रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ का नवीन श्रेष्ठ र इटहरी उपमहानरपालिका १७ बालग्रामकी अनिता प्रधान ०७० सालमा सँगै प्रहरी सेवामा प्रवेश गरे । त्यही बेला उनीहरूको चिनजान भयो । समय बित्दै जाँदा दुवैले मन र मुटुसमेत साटे । मंसिर ६ मा बिहे गरेका उनीहरू पेसासँगै जीवन पनि सँगै अघि बढाउँदै थिए । तर उनीहरूको खुसीको संसार ३ दिन पनि रहन पाएन ।

रुकुमकोटस्थित घरमा भित्रिएर कार्यक्षेत्र फर्कंदै गर्दा जिप दुर्घटनामा परेर उनीहरूको निधन भयो । बिहे गरेकै दिन इटहरीबाट रुकुम पूर्व हिँडेका दम्पती ७ गते बेलुकी मात्रै घर पुगेका थिए । ८ गते दिउँसोसम्म घर भित्र्याउने टीकाटालो गरेका उनीहरू साँझ कार्यक्षेत्र फर्कन जिप चढेका थिए ।

उनीहरूले ९ गते बेलुकी नेपालगन्जबाट काठमाडौं जाने प्लेनको टिकट लिएका थिए भने १० गते बिहान काठमाडौंबाट विराटनगर उडदै थिए । छोरी दुर्घटनामा परेको खबर सुनेपछि अनिताका बाबुआमा इटहरीबाट हेलिकप्टरमा जिल्ला अस्पताल सल्ले पुगेका थिए । छोरी अन्माएको तीन दिनमै छोरीज्वाइँकै निधन भएपछि अनिताका बाबुआमा भावविहवल छन् । दुर्घटनामा परेका शेरबहादुर, सुधन र जनक उनीहरू दुवै जनालाई घर भित्र्याउने कार्यक्रममा सहभागी भएर फर्कंदै थिए ।

नवीन सुर्खेत ट्राफिक प्रमुख भएको भर्खर ९ दिन भएको थियो । उनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट सुर्खेत सरुवा भएर मंसिर १ मा हाजिर भएका थिए । उनले मंसिर २ मै पत्रकार सम्मेलन गरेर ट्राफिक व्यवस्थापन र सडक सुरक्षाबारे आफ्नो योजना सुनाएका थिए । अनिता जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत थिइन् । नवीन र अनिताको आइतबार रुकुम पूर्वमा अन्त्येष्टि गरिनेछ । दुर्घटनापछि खलंगा र रुकुमकोट शोकमग्न छ । एकै परिवारका ३ जनाको मृत्यु भएको मुसिकोट नगरपालिका १ मठमा मृतकका आफन्त र छिमेकी पनि शोकाकुल छन् । शेरबहादुर, उनका छोरा सुधन, छोरी सुरेखा तथा यमुना मल्लको भने शनिबार नै अन्त्येष्टि गरिएको छ ।

आफन्त पर्खंदा आयो नराम्रो खबर

खलंगाका दिलीप थापालाई साथी नवीन श्रेष्ठको शुक्रबार बेलुकीपख फोन आयो । आफ्नो घर भित्र्याउने कार्यक्रममा सहभागी नभएको भन्दै रिसाएका नवीनले दिलीपलाई भने, ‘तँ मेरो घर भित्र्याउनेमा आउँछु भन्थिस्, आइनस् । अब म तेरोमा आउँछु, सँगै बस्नुपर्छ ।’ त्यसपछि दिलीपले नवीनकै अनुरोधमा रोटी र अन्य परिकार बनाएर राखे । साथी आउला र सँगै खाउँला भनेर सोचेका दिलीपको योजना पूरा भएन । अचानक नवीन दुर्घटनामा परेको खबरले दिलीप स्तब्ध भए । दिलीप नवीनका सानैदेखिका मिल्ने साथी हुन् । ‘त्यस्तो भन्ने साथीको लास बोक्नुपर्‍यो,’ उनले भने, ‘साथीका लागि बनाएको खानेकुरा यत्तिकै छ, दुर्घटनापछि त्यो भान्सामा पनि गएको छैन ।’ दिलीप इटहरीमा भएको नवीनको बिहेमा समेत सहभागी थिए ।

मुसिकोट नगरपालिका १ का शेरबहादुर श्रेष्ठले पनि शुक्रबार बेलुकी घरमा फोन गरेर रुकुमकोटबाट फर्कंदै गरेकाले खाना पकाउन भने । उनको घरमा उनीसहित उनका छोरा सुधन र केही पाहुनाका लागि खाना तयार भयो । परिवारका सदस्यहरू खाना पकाएर अभिभावक र पाहुनाको पर्खाइमा बसे । ‘पाहुना आउलान् र सँगै खाना खाउँला’ भनेर पर्खने परिवारले पनि नराम्रो खबर सुन्नुपर्‍यो ।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution