तीनवटा मत्रपत्रमा पालैपालो मत कसरी गर्ने ?

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एक जना मतदाताले कतिवटा मत हाल्न पाउँछन भन्ने जानकारी अझैसम्म मतदातासम्म पुगिसकेको छैन ।
आफूलाई सचेत ठान्ने मतदाताहरु नै कति वटा मत कसकसलाई दिन पाइन्छ भन्नेबारे अन्यौलमै देखिन्छन् । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि करोडौं रकम खर्च गरिरहेको छ यद्यपी नागरिकमा भने त्यसको खासै प्रभाव पर्न सकिरहेको छैन् ।
आखिर मतदान कसरी गर्ने त ?
निकै ढिला गरि सुरु भएको मतदाता शिक्षा कार्यक्रमले ३२ वटै जिल्लामा मतदान गर्ने तरिका सिकाएपनि मतदाताले सही ढंगले मतदाता शिक्षा पाएका छैनन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एउटा, प्रदेशको प्रत्यक्ष तर्फको अर्को र समानुपातिक निर्वाचन प्रणालीका लागि एउटा गरि तीन ओटा मतपत्रको व्यवस्था गरेको छ ।
पहिलो मतपत्र
मतदाताले सबैभन्दा पहिला पतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन् । सो मतपत्रमा आफूले चाहेको दलका उम्मेद्वारको निर्वाचन चिन्ह्मा छाप लगाएर मतपत्र बाकसमा राखिसकेपछि मात्रै अर्को मतपत्र पाइने छ । मतदातालाई मतपत्र दिन आयोगले ३ जना छुट्टछुट्टै कर्मचारी खटाउने छ ।
दोश्रो मतपत्र
पहिलो मतपत्र बाकसमा खसालेपछि दोश्रो मतपत्र पाइने छ । जुन प्रदेश सभाको प्रत्यक्ष तर्फको हुनेछ ।
तेश्रो मतपत्र
तेश्रो मतपत्र समाुनपातिक तर्फको हुने छ । यो मतपत्र दोश्रो मतपत्र बाकसमा खसाले लगत्तै पाइने छ । तेश्रो पटक पाइने मतपत्रमा २ ठाउँमा छाप लगाउनुपर्नेछ । समानुपातिक तर्फको प्रतिनिधि सभा र प्रदेश सभाको एउटै मतपत्र भएकाले त्यसमा भने दुई छाप लगाउनु पर्ने भएको हो । यसमा लगाइएको २ छाप मध्ये माथिल्लो पट्टिकोे मत प्रतिनिधि सभाको समाुनपातिक तर्फको गणना हुने छ र तल्लो मत भने प्रदेश सभामा समाभुपातिक तर्फ गणना हुने छ ।
मतपत्र कसरी बदर हुन्छ त ?
नेपालमा मतदाता शिक्षा प्रभावकारी नहुँदा मतपत्र बदरको सख्या उच्च रहेको छ । विगतको स्थानीय निर्वाचनामा समेत थुप्रै मत बदर भएको थियो । त्यसैले मत दिँदा ध्यानपूर्वक स्वस्तिक छाप स्पष्ट बुझिने गरि लगाउनुपर्छ । निर्वाचन आयोगका अनुसार मसी लतपतिएमा मत बदर हुन्छ ।
स्वस्तिक छापले निर्वाचन चिन्ह् छोएमा मत बदर हुँदैन तर, वरीपरीको घेरा छोएमा भने मत बदर हुन्छ । कोठमा बाहिर छाप लगाएमा, दुई कोठाको बीचमा पर्ने गरि छाप लगाएमा पनि मत बदर हुन्छ । मतपत्रमा आफनो अमुल्य मत हालिसकेपछि त्यसलाई तत्काल पट्याउनु हुँदैन । यदि त्यसो गरेमा छाप लगाउँदा प्रयोग भएको मसी अन्यत्र सरेर मत बदर हुनेछ । तपाईँको अमुल्य मत बदर नहुनका लागि केहि क्षण पर्खेर चिन्ह् भएको पानालाई उल्टाएर पट्याउनुपर्नेछ ।