हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इजिप्टको सुफी मस्जिदमा आतंककारी हमला परि मिर्त्यु हुनेको संख्या २३५ पुग्यो

इजिप्टको सिनाई प्रान्तस्थित एक मस्जिदमा शुक्रबार भएको आतंककारी हमलामा २ सय ३५ जनाभन्दा बढी मारिएका छन् भने १ सय ९ जनाभन्दा बढी घाइते छन्। यो इजिप्टको आधुनिक इतिहासकै सबभन्दा ठूलो हमला हो।

सुफी मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेका बेला आतंककारीहरूले बम विस्फोट गराउनुका साथै अन्धाधुन्ध गोली बर्साएका थिए।

पछिल्लो समय इस्लामिक स्टेट (आइएस) ले इजिप्टका क्रिश्चियन चर्च तथा सुरक्षा अधिकारीहरूमाथि हमला गर्दै आएका छन्। मस्जिदमै हमला हुनु भने विरल घटना हो।

राजधानी कायरोबाट २ सय किलोमिटर उत्तरपूर्व बीरअल–अब्द सहरको मस्जिदमा भएको हमलाले देशभरि आतंक फैलिएको छ।

इजिप्टको सरकारी सञ्चारमाध्यमले जनाएअनुसार आक्रमणकारीहरू चारपांग्रे गाडीमा आएका थिए। तिनले सुरुमा मस्जिदभित्र बम विस्फोट गराए। त्यसपछि शुक्रबारको प्रार्थना निम्ति भेला भएका भक्तजनमाथि अन्धाधुन्ध गोली प्रहार गरे। यो हमलामा आत्मघाती बम विस्फोटकसमेत संलग्न रहेको एक सैनिक अधिकारीले बताएका छन्।
आकस्मिक टोली घाइतेहरूको उपचार निम्ति आउँदा पनि हतियारधारी आतंककारीहरू घटनास्थलमा घुमिरहेका थिए। तिनले केही एम्बुलेन्समाथि गोली पनि हानेको वरिष्ठ सरकारी स्वास्थ्य अधिकारी अहमद अल–अन्सारीले सरकारी टेलिभिजनलाई बताएका छन्।

सुफी मस्जिदमा भेला भएका भक्तालु सुफी इस्लाम धर्मावलम्बी हुन्। केही परम्परावादी मुस्लिम र सुन्नी अतिवादीहरू यसका विरोधी मानिन्छन्। केही महिनाअघि इस्लामिक स्टेटले बीरअल–अब्दकै केही सुफी मुसलमानलाई ज्यान मार्ने धम्की दिनुका साथै केहीको हत्यासमेत गरेको थियो। यो समूहले अहिलेसम्म मस्जिदमै हमला भने गरेको थिएन।

घटनालगत्तै राष्ट्रपति अबदल फत्तह अल–सिसीले उच्च सुरक्षा अधिकारी, गृह तथा रक्षामन्त्री र खुफिया एजेन्सी प्रमुखको आकस्मिक बैठक डाकेका छन्। उनले तीन दिन शोक मनाउने घोषणा पनि गरेका छन् | @ सेतोपाटी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution