ट्वीटरमा भोट माग्ने कमल थापासँग २४ घण्टे स्पष्टीकरण

काठमाडौं, ८ मंसिर– निर्वाचन आचारसंहिता विपरित मौन अवधिमा भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उर्जामन्त्री कमल थापासँग २४ घण्टे स्पष्टीकरण मागेको छ ।
पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने निर्वाचनका लागि मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि लागू भएको थियो । उर्जामन्त्री थापाले मौन अवधिमा पनि ट्वीटरमार्फत आफ्नो पक्षमा भोट मागेको अयोगको भनाइ छ ।
उर्जामन्त्री थापाले निर्वाचन आचारसंहिता विपरित ट्वीटरमार्फत आफ्नो पक्षमा मत मागेको आयोगको ठहर छ ।