इजरायलमा माघेसंक्रान्ति भव्यताको साथ मनाउने तयारी

तेलअविव – नेपाल मगर संघ इजरायल द्वारा बिगतको बर्षहरुमा झै यस वर्ष पनि मगर समुदायको मौलिक चाड ” माघे सक्रान्ति पर्व २०७४ एक बिशेस कार्यक्रमको आयोजना गरी मगर साँस्कृतिक झाँकी एवम रात्रिभोजका साथ आउँदो १९ जनवरी २०१८ (शुक्रबार) साँझ ७ बजे देखि तेलअविव स्थित तखाना मर्कजीत तेस्रो तलामा रहेको एभेरेस्ट हलमा भब्य रुपमा मनाउने भएको छ।
स्थानीय कलाकारहरुको साथमा विभिन्न मगर संस्कृतिमा आधारित मनोरन्जनका कार्यक्रमहरु लगायत नेपालबाट आमन्त्रित चर्चित गायिका प्रमिला पुन मगरको धमाकादार प्रस्तुति रहने नेपाल मगर संघ इजरायलको महासचिव जमुना थापा मगरले तामाङअनलाइनलाईजानकारी दिनु भएको छ |
इजरायलका विभिन्न ठाँउमा कार्यरत मगर तथा गैरमगर नेपाली दाजुभाइ दिदीबहिनीहरु, सामाजिक, धार्मिक ,जातीय संघसस्था, बुद्धिजीवी बर्ग अनलाइन पत्रकार / मिडियाकर्मीहरु सबैमा गरिमामय उपस्थितिको लागि मगर संघ इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ ।