हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

जनगायक खुसिराम पाख्रिनको आज अन्त्येष्टि गरिँदै

मंसिर ६ – वाम गठबन्धनको जनसभामा गित गाउँदा गाउँदै हृदयघातका कारण निधन भएका जनगायक खुसिराम पाख्रिनको अन्तिम संस्कार नारायणी नदी किनार नजिकै रहेको ज्ञानेश्वर सामुदायिक वनमा हुँदै छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार एवंम पूर्व सांसद पाख्रिनलाई अन्तिम श्रद्धान्जलिका लागि माओवादी केन्द्रको पार्टी कार्यालय भरतपुरमा राखिएको थियो ।

श्रद्धाञ्जली व्यक्त गर्नका लागि नेकपा एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललगायतका नेताहरु पुगेका थिए । पाख्रिनलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न पार्टी कार्यालयमा सयौंको संख्यामा नेता कार्यकर्ता शुभचिन्तकहरु उपस्थित भएका थिए ।

तामाङ संस्कार अनुसार उहाँको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएका छन् । पाख्रिनलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न पार्टी कार्यालयमा सयौंको संङख्यामा नेता कार्यकर्ता उपस्थित भएका थिए । जनशभामा गित गाएपछि हृदयघात भएका भएपछि उहाँलाई उपचारको लागि नारायणी सामुदायिक अस्पताल भरतपुर लगिएको थियो ।

विक्रम संवत २००९ साल कात्तिक ९ गते जन्मनुभएका पाख्रिनका श्रीमती, १ छोरा र २ छोरी हुनुहुन्छ । २ छोरा मध्ये १ छोराको जनयुद्धकै क्रममा २०६१ सालमा ज्यान गएको थियो । २०३८ सालमा सगरमाथाको काखवाट भन्ने प्रगतिशील गीतवाट साङगीतिक यात्रा आरम्भ गर्नुभएका पाख्रिनका ५ सय भन्दा बढी रचना प्रकाशित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती जारी गर्दै पाख्रिनको निधनले पार्टी, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशील साहित्यक, सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाएको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution