प्रकाशको सम्झनामा गीत गाउदा गाउदै जनगायक ख़ुशिराम पाख्रिन तामाङको मंचमै निधन

प्रकाशको सम्झनामा गीत गाउन गएका जनगायक हृदयघातले मंचमै ढले
चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गित गाउन गएका एक जनकलाकारको मृत्यु भएको छ ।
जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको छ ।
उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो ।
तर, डाक्टरले ढिला भैसकेको बताएका थिए ।
अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरेका छन् ।
चुनावीसभा सभिएपछि त्यहीँबाट पाख्रिनको मृत्युको घोषणा गरिएको थियो ।
भरतपुर-९ को हाकिमचोकमा आज बामगठबन्धनको चुनावी सभा थियो ।
सोही सभालाई प्रचण्डपुत्र प्रकाशको मृत्युपछि श्रद्धान्जलीसभा परिणत गरिएको थियो ।
पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए ।
माअोवादीको बहुचर्चित चुनवाङ वैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गित उनी पाख्रिनले लेखेका थिए ।
उनी पहिलो सविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् । रातोंपाटीबाट