इजरायलमा २८५४ सोनाम ल्होछारको लागि नेपालबाट चर्चित तीन जना कलाकार आउने

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलले सन् २०१० सालदेखि प्रवासी भुमि इजरायलमा मनाउदै आईरहेको सोनाम ल्होछारलाई यसपाली पनि बिगतको वर्षहरुमा झैँ सभ्य र भव्यताको साथ मनाउन तिब्र तयारीमा जुटेको संस्थाका महासचिव गोमा ख्युङबा (शरिन)ले तामाङअनलाइन संग बताउनु भएको छ |
बौद्ध धर्मावलम्बीहरुको महान धार्मिक एवंम् सांस्कृतिक महान राष्ट्रिय पर्ब मंजुश्री सम्बत २८५४ सोनाम ल्होछार (नागि ल्हो / कुकुर बर्ग )को आउँदो नयाँ बर्ष २०१८ जनवरी १९ तारिख (शुक्रबार) तेलअविव स्थित किबुज गलुयोत ४६ , स्तुपा हलमा बेलुका ७ बजे ल्होछार कार्यक्रम सुरु हुने भएको छ |
तामाङ जातीय भाषा,लिपि,कला साहित्य, संस्कार-संस्कृति ,धर्म , चाडपर्ब ,भेषभुषा , रिम्ठिम परम्परा आदिको संरक्षण, संवर्द्धन र विकासको मूल उदेश्य लिएर स्थापना भएको नेपाल तामाङ घेदुङ इजरायलले २८५४ ल्होछार कार्यक्रमको लागि संयोजकमा संस्थाकी बरिष्ट उपाध्यक्ष नानीमाया योन्जन तामाङ र सह संयोजकको जिम्मेवारी प्रथम उपाध्यक्ष अनिता तामाङलाई प्रदान गरेका छन् |
कार्यक्रमको लागि नेपालबाट आमन्त्रित लोकप्रिय चर्चित ख्यातिप्राप्त वरिष्ठ सेलो गायक तथा संगीतकार बिश्व दोङ तामाङ ,लोकप्रिय चर्चित ख्यातिप्राप्त वरिष्ठ संगीतकार तथा गायक टिका बोम्जन तामाङ र ख्यातिप्राप्त नव-चर्चित म्हेन्दोमाया गायक सुमन घले गरी तीन जना कलाकार आउनु हुने भएको छ | वहाँहरुको बेजोड प्रस्तुतिका साथ-साथै इजरायलमा रहेका नेपाली गायक-गायिका तथा प्रतिभाशाली कलाकारहरु साथै स्वादिष्ट रात्री भोजको पनि ब्यबस्था रहेको छ |
इजरायलबासी सम्पूर्ण आदरणीय तामाङ ज्यो -ज्यो ,आले ,नाना-आङहरु लगायत समस्त आदरणीय नेपाली दाजुभाइ ,दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि नेपाल तामाङ घेदुङ इजरायल द्वारा हार्दिक निमन्त्रणा गरेको छ |
तेलअविव लेवेन्सकी पार्क देखि कार्यक्रम स्थल सम्मको लागि बेलुका ६ बजे देखि बसको सुविधा रहेको छ |
बृस्तृत जानकारीको निम्ति सम्पर्क नम्बर
कल्पना मोक्तान तामाङ-०५२२१६९३७३
माया तामाङ(दीप्मा)-०५२२३६४५२२
शरीन ख्युङबा तामाङ-०५८४८११८६४
नानीमाया योन्जन तामाङ-०५८५३६४६५५
अनिता तामाङ-०५४३०२१५७४
छिरिंग डोल्मा रुम्बा तामाङ-०५४६२५१२७५
माला योन्जन तामाङ-०५४२२४२८०६
सिता घिसिंग तामाङ-०५४६१९०७६८
शंकर गोले तामाङ-०५४३३२९२७०
अनिला मोक्तान तामाङ-०५२६६५४०७६
रोजी मोक्तान तामाङ-०५४३९०५४६८
बिमला ओक्तन तामाङ-०५२२४७५०१८
लक्ष्मी बोम्जन तामाङ-०५४३४७२५३०