हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

चुनावी कार्यक्रम जुधेको भन्दै रामेछापको बेथान दंगाग्रस्त क्षेत्र घोषणा

वाम गठबन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको कारण देखाउँदै स्थानीय प्रशासनले रामेछापको बेथानलाइ मंगलबार देखि दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ख बमोजिम बेथानमा सभा जुलुस र अन्य कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको छ । सोमबार निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञप्रसाद शर्माले उक्त आदेश जारी गरेका हुन् । प्रशासनले प्रयोग गरेको दफा बमोजिम एकै थलोमा ५ जनाभन्दा बढी मानिसहरुको भेला हुन पाइँदैन ।

प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार मंगलबार बेथानमा वाम गठवन्धन र कांग्रेसको चुनावी कार्यक्रम जुधेको र  दुवैपक्ष कार्यक्रम रोक्न तयार नभएपछि शान्ति सुरक्षाको दृष्टिले उक्त आदेश जारी गरिएको हो । शान्ति सुरक्षामा खलल पर्ने अवस्था देखिएकोले बेथानलाइ अर्को आदेश नभएसम्मका लागि दंगाग्रस्त क्षेत्र घोषणा गरीएको उनले बताए ।

पश्चिमी रामेछापको बेथानमा वाम गठवन्धनले पूर्व निर्धारीत कार्यक्रम गर्न नसकेपछि मंगलबार शक्ति प्रदर्शंन गर्ने तयारीका साथ चुनावी कार्यक्रम तय गरेको थियो । पूर्व निर्धारीत कार्यक्रममा गठवन्धन तर्फका प्रतिनिधिसभाका उम्मेदवार  एवं विनाविभागिय राज्य मन्त्री श्यामकुमार श्रेष्ठ बेथान पस्न सकेका थिएनन् । उनलाई स्थानीय युवाहरुले सांसद विकास कार्यक्रम अन्तरगत विकासका योजना बाँड्दा कमिसन खाएको आरोप लगाउँदै बेथानमा प्रवेश निषेधको घोषणा गरेका थिए ।

युवाहरुको अवरोध पछि श्रेष्ठ हिलेदेविको कार्यक्रम सकेर फर्केका थिए । श्रेष्ठले आफुले कुनैपनि कमिसन नखाएको भन्दै त्यसलाइ पुष्टि गर्न चुनौति दिँदै आएका छन् ।

बेथान माओवादीको पकड क्षेत्र रहँदै आएको  थियो । यसपटक काँग्रेसबाट पूर्णबहादुर तामाङ्ग (कान्छाराम) उम्मेदवार भएपछि स्थानीय सयौं युवा कांग्रेसमा प्रवेश गरेका थिए । पहिलो पटक निर्धारित कार्यक्रम गर्न नसकेर शक्ति प्रदर्शनसहित मंगलबार बेथानमा वाम गठबन्धनको चुनावी सभा राखेपछि कांग्रेसले पनि सोहि दिन शक्ति प्रदेर्शन गर्ने तयारी गरेपछि प्रशासन दंगाग्रस्त क्षेत्र घोषणा गर्न पुगेको हो ।@ कान्तिपुर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution