उत्तर कोरियाली तानाशाह किम जोन उन बिरामी भएका कारण मिसाइल टेस्ट रोकियो

के उत्तर कोरियाली तानाशाह किम जोन उनको स्वास्थ्य खराब भएका हो ? बेलायती मिडिया रिपोर्टहरुका अनुसार किम बिरामी भएका कारण उत्तर कोरियाले विगत दुई महिनादेखि मिसाइल परीक्षण गरेको छैन ।
दुई महिना पहिला उत्तर कोरिया लगातार मिसाइल टेस्ट गर्दै आइरहेको थियो । उसले जापानको आकाशबाट दुईपटक मिसाइल छोडेको थियो ।
बेलायतको एक समाचार अनुसार उत्तर कोरिया आफ्नो सुप्रीम कमाण्डरको स्वास्थ्यलाई ध्यानमा राखेर मिसाइल टेस्ट गरिरहेको छैन । तर हालसालै को भन्दै दाबी गरिएको किमको तस्वीरमा भने तेस्तो देखिएको छैन ।
रिपोर्टहरुका अनुसर कस्मेटिक सर्जरी प्लान्टमा ३३ वर्षका किम आफ्नो खुट्टामा उभिनका लागि समस्यामा छन् जसका कारण उनका लागि फोल्डिङ मेच ल्याइएको छ । बेलायतको डेली स्टारका अनुसार किम मुटु, डाइबेटिज तथा हाइपरटेन्सनसँग जुधिरहेका छन् ।