स्थायी शान्ति र राजनीतिक स्थिरता लागि मेरो उम्मेदवारी-शेरधन राई

शेरधन राई
उम्मेदवार, नेकपा एमाले, प्रदेशसभा (ख)
जारी संविधानको कार्यान्वयन गर्न, स्थायी शान्ति, राजनीतिक स्थिरता र मुलुकमा सुशासन कायम गर्ने भूमिकाका लागि मेरो उम्मेदवारी हो । जिल्ला, क्षेत्र र प्रदेशभरि विकासका पूर्वाधारहरू तीव्र गतिमा अगाडि बढाउन मेरो पहलकदमी हुनेछ । प्रदेश–१ को विकास र समृद्धिको नेतृत्व गरी नमूना प्रदेश बनाउने मेरो प्राथमिकता रहनेछ ।
सडक सञ्जालले क्षेत्र र जिल्लालाई टोलदेखि वडा, वडादेखि गाउँपालिका, गाउँपालिकादेखि सदरमुकाम र प्रमुख बजार केन्द्रहरू हुँदै अन्तरजिल्ला सडकको स्तरोन्नति गर्न मेरो प्रयास रहनेछ । कृषिलाई उद्योगका रूपमा विकास गरी रोजगारीको अवसर सिर्जना गर्दै शिक्षा, स्वास्थ्यको ग्यारेन्टी गर्न मेरो उम्मेदवारी हो । जनताको चाहना र अपेक्षाअनुसार विकास र समृद्धिको गतिलाई अगाडि बढाउन पनि मेरो उमेदवारी हो ।