पहिचानसहितको संघीयता प्राप्तिका लागि मेरो उम्मेदवारी – अजम्बर काङमाङ राई

अजम्बर काङमाङ राई-उम्मेदवार, संघीय समाजवादी फोरम नेपाल, प्रदेशसभा (क)
मेरो उम्मेदवारी पहिचानसहितको संघीयता प्राप्तिका लागि हो । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई संस्थागत गर्नु मेरो पनि दायित्व रहनेछ ।
भोजपुरको शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, खानेपानीजस्ता पूर्वाधार विकासका दीर्घकालीन अल्पकालीन योजना बनाएर कार्यान्वयन गर्ने मेरो लक्ष्य छ । भ्रष्टाचारमा शून्य सहलशीलता प्रदेशको रूपमा निर्माण गर्न मेरो पहल हुनेछ । अहिलेसम्मको निर्वाचित प्रनितिधिले कुलीनतन्त्रको निर्माण गरे भने हामी पुलको रूपमा काम गर्न चाहन्छांै ।
प्रदेशमा रहेको स्रोतसाधन, अल्पसंख्यक, सीमान्तकृत, महिला, दलित, आदिवासी जनजातिको प्र्रतिनिधित्वका लागि म आवाज उठाउनेछु । जनता र नागरिकको बीचमा पुलको रूपमा काम गर्न र प्रदेशको राजधानी बनाउन पनि मेरो प्रयास हुनेछ ।