हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

सानिमा बैंकको कोष प्रवद्र्धन रहेको ‘सानिमा म्युचुअल फण्ड’मा लगानी अवसर

सानिमा बैंकको कोष प्रवद्र्धन रहेको ‘सानिमा म्युचुअल फण्ड’मा लगानी अवसर खुलेको छ।

इच्छुक लगानीकर्ताले आगामी मंसिर १२ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। कुल १२ करोड इकाईमध्ये १० करोड २० लाख कित्ता सर्वसाधारणका लागि खुलाइने भएको हो। १ करोड ८० लाख इकाई सानिमा बैंक तथा क्यापिटललाई छुट्याएर बाँकी निश्कासन गर्न लागिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ।

यसमा न्यूनतम १ सय इकाईका लागि दरखास्त दिनुपर्नेछ भने अधिकतम सीमा २४ लाखसम्म तोकिएको छ। प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको छ।

बन्दमुखी यस योजनाको अवधि ७ वर्षको छ। आस्बा प्रणालीबाट खाता भएको बैंक तथा वित्तीय संस्थाबाटै लगानीकर्ताले आवेदन दिन पाउने छन्।

यसैबीच अन्य ४ म्युचुअल फण्ड धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छन्। ग्लोबल आइएमई ब्यालेन्स फण्ड १, सिटिजन्स म्युचुअल फण्ड १, एनआइसी एसिया ग्रोथ फण्ड र एनआइबिएल सहभागिता फण्ड स्वीकृतिको पर्खाइमा छन्।

यी कम्पनीले कुल ३ अर्ब ७० करोड रुपैयाँको ३७ करोड इकाई जारी गर्नेछन्। यीमध्ये ग्लोबलले १२ करोड, सिटिजन्स तथा एनआइसीले १०–१० करोड र एनआइबिएलले ५ करोड इकाई जारी गर्नेछन्।

म्युचुअल फण्डमा लगानी गर्नका लागि धेरै विज्ञताको जरुरत पर्दैन। सेयरमाजस्तो लगानीका लागि धेरै सूचनाहरु यसमा लिइरहनु नपर्ने र थोरै रकम पनि धेरै कम्पनीमा बाँडिएर लगानी हुने भएकाले साना लगानीकर्तालाई पनि म्युचुअल फण्ड उपयुक्त रहेको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिना बताउँछन्।

विज्ञहरुले आफ्नो विज्ञताको भरपुर उपयोग गर्दै ‘पोर्टफोलियो’ लगानी गर्ने हुँदा लगानीकर्ताको थोरै रकम पनि धेरै कम्पनीमा लगानी व्यवस्थित हुन्छ। यिनै कारणले पछिल्लो समय म्युचुअल फण्डमा लगानी आकर्षित हुँदै गएको छ।

हालसम्म विभिन्न १२ म्युचुअल फण्डका योजना जारी भइसकेका छन्। सिद्धार्थ बैंकको कोष प्रवद्र्धनमा तीन वटा फण्ड जारी भएका छन् भने लक्ष्मी, नविल र इन्भेष्टमेन्ट बैंकको प्रवद्र्धनमा २–२ वटा योजना जारी भएका छन्। त्यस्तै ग्लोबल आइएमईको एउटा छ।

यी १२ मध्ये सिद्धार्थको ‘इक्वीटी फण्ड’ सूचीकृत हुन बाँकी छ। इक्वीटी ओरियन्टेड र इन्भेष्टमेन्ट ग्रोथ स्कीम सूचीकृत भएका उसका पुराना योजना हुन्।

एनएमबिको हाइब्रीड फण्ड तथा सुलभ इन्भेष्टमेन्ट फण्ड जारी भएका योजना हुन्। लक्ष्मीको इक्वीटी फण्ड तथा भ्यालु फण्ड, नविलको व्यालेन्स फण्ड तथा इक्वीटी फण्ड, इन्भेष्टमेन्टको एनआइबिएल प्रगती फण्ड तथा सम्वृद्धि फण्ड र ग्लोबल आइएमईको समुन्नत बजारमा सूचीकृत भएका थप योजना हुन्। @ सेतोपाटि |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution