हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

पाँचथर, मंसिर ४ गते । पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ । प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिनुभएको छ ।

यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो । यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईपटक चुनाव जित्नुभएको थियो भने काँग्रेस नेता आङ्देम्बेले चारपटक चुनाव लड्दा एकपटक जित्नु भएको थियो । अहिले एउटै चुनाव क्षेत्र भएपछि उहाँहरू एउटै मैदानमा चुनावमा प्रतिस्पर्धा गर्दै हुनुुहुन्छ ।

आगामी मंसिर १० मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा यी दुई प्रतिस्पर्धी दलका उम्मेदवारहरूले मतदाताका घर घरमा पुग्ने कार्यलाई तीव्ररूप दिएका छन् ।

मतदाताले भने घर घरमा आउने दलका नेता तथा उम्मेदवारसँग परिवारका सदस्यलाई जागिरदेखि लिएर पूर्वाधार निर्माण, शैक्षिक विकास र भरपर्दो स्वास्थ्य सेवासम्मका माग अघि सारेका छन् । एमालेका नेम्वाङले मुलुकमा आर्थिक समृद्धिको नेतृत्व गर्न वाम गठबन्धन बनेको बताउनुभयो । सडक, विद्युत्, पुल, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विकास निर्माणका पूर्वाधारलाई उहाँले विकासे एजेण्डा बनाउनुभएको छ ।

पूर्व सांसद एवं एमाले ऊर्जा विभाग सचिव नेम्वाङले जलविद्युत्को क्षेत्रमा लगानी गरेर पाँचथरका टोल टोलमा उज्यालो पु¥याउने दाबी गर्नुभएको छ भने काँग्रेस केन्द्रीय सदस्य आङ्देम्बले जनताको सेवाकै लागि आफूले नेतृत्व लिन लागेको बताउनुभएको छ ।

विभिन्न जातजाति आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षणको जिम्मेवारी पनि आफ्नै भएकोले आफू पहिचानवादीका रूपमा परिचित हुन चाहेको उहाँको भनाइ छ ।

त्यसैगरी संघीय समाजवादीका उम्मेदवार प्रेमराज लावती संविधान संशोधन, शान्ति, समृद्धि, विकास, परिवर्तन र अधिकारका निम्ति आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ ।

यता वाम गठबन्धन दलबाट माओवादी केन्द्रका पाँचथर (क) का प्रदेशसभा सदस्य उम्मेदवार इन्द्र आङ्बो पनि अहिलेसम्मको उपलब्धि वामपन्थीको नेतृत्वमा भएकाले आर्थिक समृद्धि पनि वामपन्थीकै नेतृत्वबाट हुने दाबी गर्नुहुन्छ ।

वाम गठबन्धनबाट पाँचथर (ख) का एमाले उम्मेदवार गणेश काम्बाङ पनि पाँचथरको समग्र विकासमा निष्ठापूर्वक काम गरेकाले आफूलाई जनताले निर्वाचित गराउने विश्वास व्यक्त गर्नुहुन्छ ।

त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) का काँग्रेस उम्मेदवार नरेन्द्र केरुङ लोकतन्त्रमा मात्रै कृषि, सिँचाइ, पर्यटनको विकास, आत्मसम्मान र अधिकार सम्भव हुने भन्दै पाँचथरवासीले आफूहरूलाई नै नेतृत्व प्रदान गर्ने बताउनुहुन्छ ।

काँग्रेसबाटै प्रदेश (ख) बाट उम्मेदवार बन्नुभएका सुरेन्द्र दाहाल तमोर जलाशयुक्त जलविद्युत् आयोजना निर्माणमा पहल गर्नेमा जोड दिनुहुन्छ । (रासस)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution