हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

तामाङ घेदुङ कुवेतको दोस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा सुरेश ग्याबा तामाङ

नेपाल तामाङ घेदुङ कुवेतको गत १७ नोभेम्बर २०१७ (शुक्रबार) सम्पन्न दोस्रो अधिवेशनले सुरेश ग्याबा तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । दोलखा निवासी ग्याबा गीत÷संगीत र पत्रकारिता क्षेत्रका उदीयमान युवा प्रतिभा हुनुका साथै यसअघि कुवेत घेदुङको महासचिव पदमा हुनुहुन्थ्यो ।

ह्याङ्ला ह्रिमठिम ह्याङ्लान ग्योइ, ह्याङ्सेन तोरतोर छार्नालाई भन्ने मूल नाराका साथ कुवेत स्थित अल हैताम रेष्टुरेन्ट फर्वानियामा अधिवेशनको साथै सातौ बार्षिकोत्सव समेत एकैसाथ मनाइएको कुवेत घेदुङले जनाएको छ ।

अधिवेशनले बरिष्ठ उपाध्यक्ष डि. बि. लोप्चन तामाङ (चितवन) र उपाध्यक्षहरु बिरबल तामाङ (खोटाङ), सम्बर वाईबा तामाङ (सिन्धुली), नबिन लोप्चन तामाङ (चितवन), सुनबहादुर तामाङ (नुवाकोट), रमिता योन्जन तामाङ (इलाम) लाई निर्बिरोध निर्बाचित गरेको छ ।
त्यसैगरी महासचिव कृष्णबहादुर सिङ्तान तामाङ (ललितपुर), सचिवहरु रेशम लामा तामाङ (रामेछाप), राकेश तामाङ (धादिङ), नोर्सङ तामाङ (मकवानपुर), कोषाध्यक्ष दोर्जे घिसिङ तामाङ (रामेछाप), सहकोषाध्यक्ष पासाङ तामाङ (मकवानपुर) र प्रवक्तामा देवशमशेर घिसिङ तामाङ (रामेछाप) लाई चयन गरेको छ ।

अधिवेशनले ८८ सदस्यीय समिति गठन गरिएको नव निर्बाचित कार्यसमितिका महासचिव कृष्णबहादुर सिङ्तान तामाङले बताए । सदस्यहरुमा हर्क मोक्तान (काभ्रे), लालबहादुर तामाङ (काभ्रे), पूर्णबहादुर गोम्देन (कास्की), प्रेम वाईबा (कास्की), बिकल्प वाईबा (नुवाकोट), गुमन सिंह तामाङ (काभ्रे), रामकाजी तामाङ (काभ्रे), पेमादोर्जे तामाङ (मकवानपुर), होम पाख्रिन (सर्लाही), विजय तामाङ (संखुवासभा), दिल स्याङ्बो (कास्की), पूर्णबहादुर तामाङ (नुवाकोट), विश्वपासा तामाङ (नुवाकोट), इन्द्रा तामाङ (रामेछाप), कुमार तामाङ (चितवन), सुवास घलान (काभ्रे), अमृतमान घिसिङ (मकवानपुर), देव तामाङ (सिन्धुपाल्चोक), लालसिंह तामाङ (नुवाकोट), डोल्मा तामाङ (रसुवा), कृति गोले (सिन्धुपाल्चोक), दिपा योन्जन (नुवाकोट), अशिका लामा (रामेछाप), शर्मिला दोङ (सिन्धुपाल्चोक), सुकुमाया वाईबा (रसुवा), मीना तामाङ (मकवानपुर), संगीता लोप्चन (सिन्धुपाल्चोक), कल्पना तामाङ (मकवानपुर), सिखा घलान (मकवानपुर), सुनमाया गोले (गोरखा), सुमिना तामाङ (रसुवा), रेश्मा तामाङ (धादिङ), हिमानी तामाङ (दोलखा), माइली तामाङ (काभ्रे), शान्ति घलान (मकवानपुर), सुनिता लो (चितवन), टेकबहादुर तामाङ (नुवाकोट), शेरबहादुर तामाङ (नुवाकोट), छिरिङ तामाङ (नुवाकोट), अविनाश तामाङ (धादिङ), गोसा तामाङ (नुवाकोट), मानध्वज तामाङ (नुवाकोट), मेघ तामाङ (नुवाकोट), देव मोक्तान (काभ्रे), देवलाल मोक्तान (मकवानपुर), श्याम पाख्रिन (सर्लाही), देव तामाङ (नुवाकोट), अनिल तामाङ (नुवाकोट), प्रेम तामाङ (धादिङ), धर्मसिंह घलान (मकवानपुर), हिमाल तामाङ (सिन्धुली), राजेन्द्र तामाङ (मकवानपुर), सुरज योन्जन, अनिता लामा, सुरेश मोक्तान, सन्तोष तामाङ, राम बल, आर्यन तामाङ (नुवाकोट), बिनोदकुमार बोम्जन (सिन्धुली), राजु लामा (काभ्रे), प्रेम तामाङ, अर्जुन तामाङ (मकवानपुर), श्याम पाख्रिन, रामबहादुर तामाङ, बसन्त तामाङ, आइतसिंह तामाङ (सिन्धुली), कुमार थिङ (सर्लाही), रमेश घलान (चितवन), रामबहादुर तामाङ (झापा), शुक्र वाइबा (सर्लाही), आसमान तामाङ (सिन्धुपाल्चोक), दिपककुमार स्याङ्तान (सर्लाही) रहेका छन् ।

यसैगरी संरक्षकहरुमा राजेन्द्र तामाङ (सिन्धुपाल्चोक) र आशबहादुर तामाङ (कास्की) रहेका छन् भने बरिष्ठ सल्लाहकारहरु निर्मल स्याङ्तान (सिन्धुली), राम लामा घलान (नुवाकोट), प्रमूख सल्लाहकार अमृत लोप्चन तामाङ (कास्की) र सल्लाहकारहरुमा श्याम लामा (सिन्धुपाल्चोक), रामबहादुर दोङ (सिन्धुपाल्चोक), लक्ष्मी मोक्तान (काभ्रे), दिलमाया तामाङ (रामेछाप), अर्जुन तामाङ (सिन्धुपाल्चोक), डुन्डुप लोप्चन (काभ्रे), जितेन थिङ (कास्की), गीता तामाङ (सिन्धुपाल्चोक), अमृता घिसिङ (काठमाडौं), रत्ना मोक्तान (दोलखा), पेमारिङ्जी गोले (सोलुखुम्बु) र सिंहमान लोप्चन (लमजुङ) रहेको महासचिव सिङ्तानले जानकारी दिएका छन् ।

यस अवसरमा नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयले एक शुभकामना सन्देश पठाई अधिवेशन तथा बार्षिकोत्सव सफलताको कामना गरेको छ । घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेद्वारा हस्ताक्षरित शुभकामना पत्रमा कुवेत घेदुङले सञ्चालन गरेको संस्थागत गतिविधि अत्यन्तै सकारात्मक रहेको भन्दै प्रसंसा गरेको छ ।

शुभकामना पत्रमा कुवेत घेदुङ नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयको सुःखदुःखको एउटा दह्रो सहयात्री रहेको उल्लेख छ । यसबाट दुरीको हिसावले टाढा भएपनि भावनात्मक रुपले कुवेत घेदुङसँग नजिक रहेको भन्दै आगामी दिनमा यो विश्वास अझ बढाएर लानुपर्ने आग्रह गरिएको छ ।

सामाजिक सञ्जालमा बार्षिकोत्सव भइरहेको जानकारी आएपनि कुवेत घेदुङबाट केन्द्रीय कार्यालयलाई आधिकारिक जानकारी एकदिन अघिमात्र प्राप्त भएको थियो । केन्द्रबाट पठाएको पत्र घेदुङका कुवेतस्थित केन्द्रीय सदस्य राम लामा घलानले अधिवेशन स्थलमा वाचन गरेका थिए । @ नेपाल तामाङ घेदुङ डट ओआरजी






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution