हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

तामाङ सोसाइटी अफ अमेरिकाको डल्लास,टेक्सस शाखा गठन

डल्लास/टेक्सस : नर्थ अमेरिका तामाङ सम्मेलनका कन्भेनर शान्त थोकर तामाङको प्रमुख आतिथ्यतामा तामाङ सोसाइटी अफ डल्लास, टेक्सस  १७  नोभेम्बर  २०१७ का दिन छिरिङ लामा तामाङको अध्यक्षतामा गठन भएको छ | नव-गठित समितिमा उपाध्यक्ष – रत्न मान तामाङ; महासचिव- शंकर घिसिङ तामाङ , सचिव-इन्दु लामा तामाङ, कोषाध्यक्ष- माया योन्जन तामाङ , सह-कोषाध्यक्ष- जितबहादुर तामाङ तथा सदस्यहरुमा जेनी लामा तामाङ, अमरमाया लामा तामाङ , सङ्ग्राम सिंह तामाङ, सुर्य मोक्तान तामाङ, सुर्यबहादुर तामाङ, धनकुमारी लामा तामाङ, सोनाम डोल्मा तामाङ र सुदिप लामा तामाङ  रहेका छन् |

नर्थ अमेरिका तामाङ सम्मेलन यही जनवरी १३-१४ सम्म आयोजना गरिने र सो सम्मेलनमा तामाङ सोसाइटी अफ डल्लास, टेक्ससको अहम भूमिका रहनु पर्ने सम्मलेनका कन्भेनर तथा सोसाइटीका अध्यक्ष शान्त थोकरले बताए |

नर्थ अमेरिका तामाङ सम्मेलन मार्फत सम्पूर्ण तामाङहरुलाई संगठित गर्दै तामाङहरुको सामाजिक, आर्थिक, राजनीतिक एवं शैक्षिक विकासको लागि विश्व व्यापी अभियान चलाउने कन्भेनर थोकरले बताए |

त्यसै गरेर फिप्नाका अध्यक्ष लुईसाङ वाईबा तामाङले डल्लासवासी तामाङहरुलाई आफ्नो पहिचान र अस्तित्वको लागि आफै संगठित हुनुपर्ने र सक्रिय रहनुपर्ने अन्यथा हाम्रो पहिचान विस्तारै डायनोसर जस्तै लोप हुने चिन्ता ब्यक्त गरे | प्रवासमा हामीले प्राप्त गरेको भाग्य अथवा हाम्रो कर्मको १० प्रतिशत स्वदेशमा रहेका तामाङहरुमाझ बाढेर उनीहरुको भाग्य वा कर्मको अभिबवृद्धीको लागि प्रवासबाट महत्वपूर्ण योगदान पुर्याउन सकिने योजनाहरुका साथ नर्थ अमेरिका तामाङ सम्मेलनको आयोजना गर्नु परेको प्रष्ट पारे | सम्मेलनका सदस्य सचिव लक्यान लामाले सम्पूर्ण तामाङहरुले यस सम्मेलनमा सहभागिता जनाएर तामाङहरुको एकता प्रदर्शन गर्नुपर्ने र तामाङहरुको बृहत्तर हितको लागि हामी सबै जागरुक हुनुपर्ने बताए |

नव-निर्वाचित अध्यक्ष छिरिङ लामाले सम्पूर्ण उपस्थित तामाङ लगायत अन्य शुभचिन्तकहरुलाई धन्यवाद दिदै न्युयोर्कबाट कार्यक्रमलाई विशेष सम्बोधन गर्न पुगेका सबै अतिथिहरुलाई आभार प्रकट गरे र डल्लास निवासी सम्पूर्ण तामाङहरुलाई एकिकृत गर्न अब आफु लागी पर्ने बताए |

सहभागी डल्लासवासी तामाङहरु लगायत शुभ चिन्तकहरुले यस किसिमको कार्यक्रम पहिलो पटक डल्लासमा सम्पन्न भएको र त्यस प्रति खुशी व्यक्त गरेका थिए |दोश्रो पुस्ताका युवायुवतीहरुको समेत सह्हगिता रहेको सो कार्यक्रममा उनीहरुले आफ्नो जिज्ञासा राख्दै कार्यक्रमले उनीहरुलाई उत्साह दिएको बताए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution