हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

ऋतिका गुरुङले जितिन् मिस गण्डकी सिजन चारको उपाधि

पोखरा—शनिबार होटल पोखरा ग्राण्डमा सम्पन्न नागरिक पश्चिमेली मिस गण्डकी सिजन चारको ताज पोखरा अमर सिंहचोककी १८ वर्षिया ऋतिका गुरुङले जितेकी छिन्।१६ जना प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन्। चाँदीको ताजसँगै उनले एक लाख असी हजार रुपैयाँ बराबरको स्कुटर पुरस्कारस्वरुप प्राप्त गरिन्।

उपाधिसँगै ऋतिकाले ‘बेस्ट प्र्रफ्रमेन्स र बेस्ट कम्लेक्सन टाईटल अवार्ड समेत आफ्नो पोल्टामा पारिन्। ऋतिका हाल कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गर्दैछिन। मिस गण्डकीको बिजेता बनिसकेपछि आफुलाई निकै खुशि लागेको उनले प्रतिक्रिया दिइन् ।

त्यस्तै प्रतियोगितामा जसमिन गुरुङ फस्ट रनरअप भइन्। उनले बेस्ट स्माइल र बेस्ट पर्सनालिटी टाइटल समेत आफ्नो पोल्टामा पारिन्। फस्ट रनरअपको उपाधिसँगै जसमिलले पचहत्तर हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरिन्। प्रतियोगितामा प्रज्ञा गुरुङले सेकेन्ड रनरअप सँगै मोस्ट ट्यालेण्टेड टाईटल जितिन् भने ज्योती सापकोटा थर्ड रनरअपको टाईटलसँगै मोस्ट पपुलर र मोस्ट पङ्चुअल अवार्ड पनि जितिन्। सेकेन्ड रनरअप प्रज्ञाले उपाधिसँगै पचास हजार रुपैयाँ प्राप्त गरिन्। त्यस्तै थर्ड रनरअप ज्योतिले पच्चीस हजार बराबरको पुरस्कारसँगै ‘स्पेशल गिफ्ट ह्याम्पर’ प्राप्त गरिन्।

१६ प्रतिस्र्पर्धीहरुबाट प्रथम चरणमा उत्कृष्ट १० जना, दोस्रो चरणमा उत्कृष्ट ६ जना छनौट गरिएकोमा फाइनल राउण्डमा निर्णायकले सोधेको एउटै प्रश्नको उत्तर लेखेर वाचन गरेपछि अन्तिम निर्णय आएको थियो। उपाधी प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई लेखन र वक्तृत्वकला प्रस्तुत गर्न लगाइएको थियो।

एसटी क्रियशनको आयोजनामा भएको मिस गण्डकी सिजन चारमा अन्य विभिन्न १८ वटा शीर्षकमा सब टाईटल उपाधि दिइएको थियो । मिस गण्डकी सिजन चारको ग्राण्ड फिनालेको निर्णायकहरुमा मिस नेपाल वल्र्ड २००५ सुगारीका केसी, सिनीयर कोरीयोग्राफर एवं सञ्चारकर्मी आशिष श्रेष्ठ, मिस पोखरा १९९५ की फस्ट रनरअप एवं पोखरा विश्वविद्यालयकी प्रध्यापक रजनी केसी, गायिका तथा नवदिप बोर्डिङ स्कुलकी फाउन्डर प्रिन्सिपल कौशल्या गुरुङ, मिस पोखरा २०१५ की विजेता सबिना राना भुजेल र जीत हाम्रो फाउन्डेशनका निर्देशक राजेश जोशी आदी रहेका थिए ।

कार्यक्रममा कुवर्स ब्रोदर्शका अध्यक्ष तथा जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष इन्द्र कुँवरले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए। उनले मिस गण्डकीको सिजन १ देखि ४ सम्म निरन्तर सहकार्य गरेको र आगामी दिनहरुमा पनि सहकार्य गर्नै प्रतिबद्धता व्यक्त गर्दै यस्ता सुन्दरी प्रतियोगीता मार्फत युवतीहरुको व्यक्तित्व बिकासमा सहयोग पुग्ने बताए।

मिस गण्डकी सिजन एकदेखि चौथो संस्करणसम्मको प्रमुख प्रशिक्षक तथा कोरियोग्राफरको रुपमा सुरज थापा रहेका थिए। करिब ५ घण्टासम्म चलेको उक्त कार्यक्रममा गायन, नृत्य तथा हास्य प्रहशन जस्ता प्रस्तुतिले दर्शकको मनलाई मोहित बनाएको थियो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मीद्धय इनिशा दुरा मगर र एकीन गुरुङले गरेका थिए।

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution