हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

प्रकाश दाहाललाई कस्तो किसिमको आकस्मिक हृदयगति बन्द भएको थियो ? यसबाट कसरी बच्ने …

काठमाडौं— माओवादी अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाशको अल्पायुमै मृत्यु भएको विषयले धेरैलाइ आश्चर्यमा पार्‍यो। आइतबार बिहानै सामाजिक सञ्जालमा मृत्युको खबर फैलियो। अधिकांशले त्यो खबर पत्याएनन्। बरु उल्टै त्यस्ता सामाजिक सम्प्रेषण गर्नेहरुप्रति आधिकारिकताको प्रश्न उठाए। ती प्रश्नहरु स्वभाविक थिए किनभने प्रकाश दाहाल मात्र ३६ वर्षका थिए। हट्टाकट्टा देखिन्थे। सामान्य, स्वस्थ लाग्थे।

यस्ताे मान्छेकाे कसरी मृत्यु हुन सक्छ। तर वास्तविकता त्यही थियाे।

आइतबार मध्यान्ह हुँदासम्म नर्भिक अस्पतालले उनको मृत्यु आधिकारिक रुपमा पुष्टि गर्‍यो। उनको चेकजाँगमा संलग्न चिकित्सक डा.विमलेश श्रेष्ठकको टोलीले जनाएअनुसार अस्पताल पुर्‍याउँदा प्रकाश बेहोस अवस्थामा थिए। हातगोडाका सबै भाग निलो भइसकेका थिए। शरीर पूरै चिसो थियो। श्वास प्रश्वास बन्द थियो। आँखाको नानी पूरै सुन्निएको थियो। त्यसपछि चिकित्सक टोलीले इसिजी गर्‍यो। इसिजी रिपोर्टमा मुटुको गतिविधि शून्य देखियो।

यी सबै चेकजाँचका आधारमा चिकित्सकले घोषणा गरे- प्रकाश दाहालको मृत्युको कारण आक्समिक हृदयगति बन्द (सडेन कार्डिआक अरेष्ट) हो।

आकस्मिक हृदयगति बन्द भनेको के हो?

सामान्यतः मुटुको नसा थुनिएर वा फुटेर हृदयघात हुनसक्छ। अाकस्मिक हृदयगति बन्द हुनु भनेको सुरुमै मुटुको चालमा गडबडी हुने वा हृदयघात हुनासाथ चाल गडबडी सुरु हुने अवस्था हो। याे अवस्थामा खतराकाे उच्च विन्दू हाे।

मुटुरोग विशेषज्ञ डा.ओममुर्ति अनिलका अनुसार आकस्मिक (विशेषगरी सुतेको समयमा) हुने मृत्युका कारण म्यासिभ हर्टएट्याक सँगै, मुटुको चालमा हुने गडबढी, जन्मजात मुटुको समस्या, मतिष्कघात वा मतिष्कमा रगतको थेग्ला (क्लड) जम्ने कारणले हुन्छ। ‘तीबाहेक मुटुको ठूलो धमनी फुट्नु, फोक्सोका नलीमा क्लड (थेग्ला) जमेमा पनि (पल्मोनरी इम्बोलिज्म)ले पनि आकस्मिक मृत्यु हुन्छ,’ डा.ओम भन्छन्,।

सुन्दा उस्तै लागे पनि हृदयघात अर्थात ‘हर्ट अट्याक’ र ‘सडेन कार्डिआक अरेष्ट’ एउटै रोग होइनन्। आकस्मिक हृदयगति बन्द हुने समस्या जसलाई जतिबेला पनि हुन सक्ने चिकित्सकहरु बताउँछन्। तर यसका कारणहरु भने रहने अनुसन्धानकर्ताहरु औंल्याएका छन्। यसको सोझो सम्बन्ध मुटुसम्बन्धी रोगहरुसँग रहन्छ। मुटु रोगीका लागि खतरा मानिएका विषय नै आकस्मिक हृदयगति बन्दका लागि पनि खतरा हुने उनीहरुको भनाइ छ।

के बाट खतरा

१. वंशानुगत रुपमा परिवारकाे अघिल्ताे पुस्तामा मुटुको रोग भए सन्तानमा यो देखिने सम्भावना रहन्छ।

२. नियमित ध्रुमपान सेवन गर्ने व्यक्तिलाई आकस्मिक हृदयगतिको सम्भावना रहन्छ। अझ लागू पदार्थ सेवन गर्नेहरुलाई यसबाट बढी खतरा हुने अनुसन्धानले देखाएको छ।

३. उच्च रक्तचाप हुने व्यक्तिलाई यसबाट खतरा रहन्छ।

४. डाइबिटिज तथा मोटोपनको रोगीलाई पनि यसको खतरा हुनेगर्छ।

५. धेरै निस्क्रिय जीवनशैली भएका व्यक्तिमा पनि अाकस्मिक हृदयगति बन्दकाे समस्या देखिने गरेकाे छ।

६. अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिहरुमा आकस्मिक हृदयगतिको उच्च जोखिममा रहने चिकित्सा अनुसन्धानले देखाएको छ। अझ २४ घन्टामा एक पटकभन्दा बढी मदिरा सेवन गर्नेहरु यसबाट उच्च जोखिममा रहन्छन्।

बच्ने उपाय

चिकित्सकहरु अाकस्मिक हृदयघातबाट बच्ने त्यस्तो ठोस उपाय नभएको बताउँछन्। त्यही भएर खतराजन्य विषयबाट टाढै रहनु नै यसबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ। मुटुमैत्री खानपान र जीवनशैलीका कारण खतरा कम गर्न सकिने उनीहरुकाे भनाइ छ। अाकस्मिक हृदयघातबका खतरा घटाउने केही उपायहरु :

१. धुम्रपानबाट टाढै रहने

२. शरीरलाइ गाह्राे हुनेगरी मदिरा सेवन धेरै नगर्ने (दिनको एक पटकभन्दा बढी नगर्ने )

३. खापानमा ध्यान दिने, मुटुलाई असर गर्ने खानाबाट टाढै रहने।

४. शारीरिक रुपमा अाफूलाई सक्रिय राख्ने‍

– नागरिक न्युजबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution