हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ज्यारूङ खस्याेर(बौद्धनाथ) स्तुपा निर्माणकाे कथा

-लामा थुप्तेन योन्जन तामाङ

पूर्व जन्मकी अप्सरा ज्याजिमाले धर्म सकेपछि साधारण कूलमा जन्म लिइन् । वहाँ कुखुरा व्यापारी गर्दथे। उनको ४ जना श्रीमान थिए । चारै जना घोडा, सुंगुर, कुकुर र कुखुरा ब्यापारी हुन् । ति श्रीमानबाट प्रत्येकको १/१ जना छोराहरू जन्मिएका थिए । घोडा व्यापारीबाट ताजेब, सुंगुर व्यापारीबाट फजेबु, कुकुर व्यापारीबाट खिजेबु र कुखुरा व्यापारीबाट ज्याजेबु आदि यी चारै जना छोराहरू धर्ममा निकै मन गर्ने भएकाले एउटा विशाल छ्योर्तेन (स्तुपा) निर्माण गर्ने निश्चय गरे ।

जसको लागि आवश्यक जमिन ज्याजिमाले राजासंग उपलब्ध गराईन दिन बिम्ती गरे । अनि राजाले स्तुपा बनाउनु त धेरै जमिन चाहिन्छ होला भनेर दिन अस्विकार गरे । तर पनि ज्याजिमाले एउटा गोरुको छाला भरिको जमिन चाहिएको भनी बिम्ती गरे, अनि गोरुकोको छाला भरी त रहेछ भनी राजाले जमिन दिन बोली वचनद्वारा स्वीकार गरेपछि ज्याजिमाले चलाखी पुर्बक ती गोरुको छालालाई छेउबाट डोरी जस्तै गरि नचुट्टै काटेर लामो बनाए । अनि त्यो गोरुको छालाको डोरी तन्काएर जति सम्म भ्याउछ तेति सम्म जमिनलाई घेरा लाउनु भयो । त्यो देखेर राजाले गोरुको छालाभरी भनेको होइन ? यो त धेरै ठुलो जमिन भयो भनी सोध्यो । ज्याजिमाले यो गोरुको छाला भरी त होनि भनी भन्नू भयो । त्यसपछी राजाले आफ्नो मुखबाट हुन्छ भन्ने वचन फुत्केकोले अस्विकार गर्न सकेन । त्यसैले मुखबाट वचन फुत्केकोले खास्योर भनेर नाम बसेको हो । खा भनेको मुखबाट निस्केको बचन र स्योर भनेको फुत्केको हो । र झ्या भनेको कुखुरा पालन गर्ने ब्यापारी ज्याजिमा थिए । त्यसैले झ्यारुङ खास्योर भनेर बौद्ध स्तुपाको नाम बस्नु गएको कथन भेटिन्छ ।

राजाले जग्गा उपलब्ध दिएपछि हात्ती, घोडा र गधालाई माटो, ढुङ्गा, ईंटा बोकाएर स्तुपा निर्माण सुरु गरियो । करिब ४ वर्ष लगाएर ४ तल्ला सम्मको छ्योर्तेन सकाएपछि ज्याजिमाको देहान्त भयो । त्यसपछि ज्याजिमाको उदेश्य पूरा गर्न ४ जना छोराहरू लागि परे । नभन्दै ४ जना छोराहरुले ३ वर्ष लगाएर बौद्ध स्तुपाको निर्माण पूरा गर्न सफल भयो ।

यस बौद्ध स्तुपामा सङ्गे, दुइसुम शाक्य बुद्धको रिङसल र थुप्रै जिन्लबहरू सुङ्मा हाली राख्ने गर्दा हजार बुद्ध र स्वर्गका देवताहरू लामाको रूपमा आएको विश्वास पनि गरिन्छ । साथै राब्ने गर्दा स्वर्गबाट बोधिसत्वको किरण सुङ्मा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ । बोधिसत्वको शक्तिहरू यस स्तुपाको सुरूङमा पसेकाले यसलाई (सङ्गे थाम्जे दुइवे छ्योर्तेन) भन्ने गरिन्छ ।

बौद्ध स्तुपाको निर्माणपछि ताजेबुले अर्को जन्ममा धर्म प्रचार गर्न उत्तर दिशाको राजा हुन पाउँ भनि प्रार्थना गरेकालेपछि तिब्बतको राजा ठिचेन देबजन भएको कथान भेटिन्छ । फजेबुले पनि अर्को जुनीमा धर्म प्रचारकै लागि विद्वान लामा हुन पाऊँ भनी प्रार्थना गरेकोले पछि तिब्बतमा खेन्पो बोधिसत्वको रूपमा जन्म लिएका थिए ।

खिजेबुले धर्म नष्ट गर्ने राक्षसहरूको दमन गरि धर्म रक्षाको लागि अर्को जुनीमा फूलको थुङ्गाबाट जन्म होस् भनि प्रार्थना गरेकाले उर्नेनयुल (कास्मिर) को दक्षिण–पश्चिम कुनाको कुख्या दु्धकुण्डमा कमलको फूलमाथि असार दशमीको दिन गुरु रिन्पोछेको रूपमा अवतर लिए । उत्तरमा धर्म रक्षाको लागि मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि ज्याजेवुले प्रार्थना गरेकोले भामिटिसी मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो । सबैले आ–आफ्नै लागि मात्र प्रार्थनाको गरे तर ईँटा, माटो र ढुङ्गा बोक्ने पशुहरूको बारे प्रार्थना नगरेकाले पशुहरू तिसाएर ताजेबु (ठिचेन देचन)ले धर्म प्रचार गरेको देशमा धर्म नष्ट गर्न राक्षसको रूपमा जन्म होस् भनि हात्तीले प्रार्थना गरेकाले तिब्बत्मा लाङधर्मको रूपमा तिब्बतका राजा भए । त्यसै गरी गधाले पनि धर्म नष्ट गर्न मन्त्रीको रूपमा जन्म हुन पाऊँ भनि प्रार्थना गरेकाले अर्को जन्ममा दुईलोन मस्यात थोम्वेको नामले मन्त्रीको रूपमा तिब्बतमा जन्म भयो ।

ती पशुहरूको प्रार्थना अचानक कागले सुनेकोले पवित्र धर्म नष्ट गर्ने राजालाई मारी धर्म जोगाउन मन्त्रीको रूपमा जन्म हुन सकुँ भनि बौद्ध स्तुपामा प्रार्थना गरेकोले तिब्बतमा मन्त्रीकै भाइ लालाङ पाल्दोरको रूपमा जन्म भयो । साथै उक्त धर्मको नास गर्ने राक्षसहरूलाई दमन गरि धर्म रक्षाको लागि पशु गोठालाहरूले प्रार्थना गरेकोले तिब्बतमा छ्योलेन गोही पेमाचेनको जन्म भयो । त्यसै गरि छोङपुर च्यान र सरमे दुई जना बाहुनले धर्म भएको देशमा धार्मिक पुस्तक लेख्नको लागि स्तुपामा प्रार्थना गरेकाले कावापाल्चेक र लुईग्याल्छेनको रूपमा जन्म भई भगवान बुद्धका हजारौं उपदेशरुलाई अनुवाद गरि उनीहरूले काङग्युर लेखेका थिए । साथै पुस्तक लेखि धर्म प्रचारमा सहयोग गर्न पाऊँ भनि नेपालका दुई राजकुमारीले प्रार्थना गरेकाले तिब्बतमा देनमा चेमाङ र लेजिक ङिमाको जन्म भएर धेरै पुस्तकहरू लेखेका थिए ।

यसै क्रममा तिब्बतको तत्कालीन धर्म राजा ठिचेन देवचेनले हामीले पूर्व जन्ममा कुन र के संस्कार गरेकाले धर्म प्रचार गर्न पायौं भनि गुरु रिन्पोछेलाई प्रश्न गर्दा त्यसको व्याख्या र उत्तर दिंदा ज्यारुङ खस्योरको नामदार बनेको कुरा मानी कम्बु छ्योईमा उल्लेख गरिएको छ ।
भगवान शाक्यमुनि बुद्ध हुनु भएको केही वर्षपछि निर्माण भएको यस बौद्ध स्तुपा संसारकै सबैभन्दा ठूलो छ्योर्तेन हो । यहाँ हरेक १२ वर्षमा छ्योर्तेनको गुम्बामा पानी भरिन्छ । त्यहाँ हजारौं तोला सुनको जलप लगार्ईएका छन् । १८ औं शताब्दीको अन्त्यमा चीन सरकारले विशेष लामाको नियुक्ति गरि बौद्ध छ्योर्तेनको रेखदेख, पूजापाठ र सुरक्षाको व्यवस्था गरेका थिए । उनै लामाका सन्तानलाई अझै चिनियाँ लामा भनेर भन्ने गरिन्छ । छ्योर्तेन्को गुठी र छ्योर्तेन् उनै लामाको नेतृत्वमा सञ्चालन गर्दै आईरहेको छ ।

राप्ने (प्राणप्रतिष्ठा) गर्दा स्वर्गबाट बोधिसत्वको किरण सुङमा पसेको र आकाशमा पनि बाजा बजेको थियो भनिन्छ । त्यसैकारणले यो स्तूपालाई साङ्गे थाम्जे दुइवे छ्योर्तेन् पनि भनिन्छ । तामाङ वंशावली अन्तर्गत ती चार दाजुभाई योन्जन, घिसिङ, वल मोक्तान थरका तामाङ (पूर्खा)हरु हुन् । त्यसकारण तामाङहरूको मुख्य धार्मिक तिमाल जात्रा (पितृश्रद्धा पूजा) र प्रमुख तिर्थहरू नमोःबुद्ध, बौद्ध, नागार्जुन र स्वयम्भू पर्दछन् । अहिले पनि तामाङहरुले बौद्ध स्तुपामा तेमाल जात्रा हाम्रै हो भनी मेला भर्ने गर्छन ।

यस बौद्ध स्तुपाको कथन अनुसारले पनि हामी तामाङ जातीको चार योन्जन, घिसिङ, बल र मोक्तान थरका दाजुभाइ नै हाम्रो पुर्खा तिब्बतको धर्मिक राजा र माहायाना बौद्ध धर्म गुरुहरुसंग सम्बन्धित भएको हुनाले हाम्रो पुर्खा हो भनेर बुझिन्छ । तिब्बतमा गुरु रिन्पोछे जानू भइ बुद्ध धर्म फैलाएपछि ग्याल्पो ल्होछार मान्नु भएको गुरु रिन्पोछेको कथामा उल्लेख गरेका छन् ।

जब तिब्बतमा ती पशुहरुले सबै धर्म नष्ट गर्न सकु भनेर प्रार्थना गरेकोले कुसंस्कार गर्ने धर्महरु फैलिएका थिए । त्यसले बौद्ध धर्म फैलिनु दिएन । त्यति बेला बोन धर्म पनि थियो । बोन पनि दुई थरीका कार बोन र नाकबोन थियो । कार बोन भनेको सेतो बोन र नाकबोन भनेको कालो बोन हुन् । जो सेतो बोन चाहिँ बौद्ध धर्मसंग मिल्थे र नाक बोन चाहिँ त्यसको बिपरित थिए । नाक बोनले बौद्ध धर्म फैलिनु नदिने, काटमार गरेर भोक चढाउने, खुन मासु खाने र सबै शास्त्रहरु उल्टो पढ्ने, ङा उल्टो बजाउने यस्ता प्रकारका धर्म थिए ।

त्यसैले त्यो बौद्ध धर्म बिपरित भएकोले गुरु रिन्पोछे तिब्बतको राजाको अनुरोधमा तिब्बत जानुभइ जो कार बोनको धर्म थियो त्यसलाई अपनाए र जो नाक बोनले गर्ने कुधर्म लाई हटाइएर ती सबैलाई बौद्ध सुधर्ममा लगाउनु भयो । नमान्नेलाई भस्मा गर्नु भयो । त्यसै देखि बौद्ध धर्ममा ङा रोल्मो बजाउने चलन बसेको कथन छ ।

हामी बौद्धधर्मले ङा (ढ्याङ्रो) बजाउदा अगाडी बाट बजाउने गर्छ । जो तिब्बतमा बौद्ध धर्म बाहेक अरु धर्महरु थिए । गुरु रिन्पोछेले ती सबैलाई आफ्नो अधीनमा राख्नु भयो । तिनीहरु सबैले अहिले हाम्रो धर्म रक्षक गर्नु हुन्छ । वहाँहरूलाई धर्म पाला (सुङ्मा) भनेर भनिन्छ । वहाँहरूले खुन, मासु र मुटु खाने भएकोले र हाम्रो धर्ममा प्राणी बलि गरि खुन मासु मुटु चढाउने नभएकोले गर्दा खुन मासुको रुपमा चम्पाको सानो सानो तोर्म बनाई रातो रङ्ग लगाइ हाम्रो प्रत्यक पूजा आजामा चढाउने गर्छौ । खुनको रुपमा चियाको रङ, छ्याङ, रम, बियेर कोकहरु र विभिन्न गेडा गुडीहरु चढाउने चलन छ ।

अहिले पनि हाम्रो गाउँ घरमा दुख बिमार हँुदा बोन्पोहरुले मन्छाउनुको लागि विभिन्न प्राणीहरुको बलि दिने गर्छन् । त्यो नै अधर्म र कुसंस्कार हो । त्यसले हामीलाई नरक जाने बाटो मात्रै देखाउँछ । त्यसैले सहि र गलत छुट्याउँदै आफु र अरुलाई सहिबाटोमा डो¥याउने पो हो कि ?

थुजेछे ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution