हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

तामाङ घेदुङ इजरायलको तेश्रो वार्षिकोत्सव कार्यक्रम भव्यताको साथ सम्पन्न

तेलअविव – नेपाल तामाङ घेदुङ,इजरायलको तेस्रो ऐतिहासिक वार्षिकोत्सव कार्यक्रम १७ नोभेम्बर २०१७ तारिख शुक्रबार तेलअविव इजरायलमा भव्यताको साथ  सम्पन्न भएकोछ |

घेदुङका अध्यक्ष माया तामाङ (दिप्मा)को सभापतित्वमा भएको कार्यक्रमको संयोजक संस्थाका प्रथम उपाध्यक्ष अनिता तामाङ रहेकी थिईन् भने  प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ इजरायलका अध्यक्ष नयन ईम्सोङ लिम्बु ,बिशेष अतिथिहरुमा एनआरएनए इजरायलका अध्यक्ष छिरिङ लामा शेर्पा ,संस्थाकी संस्थापक अध्यक्ष उर्मिला पाख्रिन तामाङ ,धर्म गुरु थुप्तेन लामा ,अन्तराष्ट्रिय तामाङ परिषद प्रतिनिधि केन्द्रीय सदस्य सुन्दर सिंह योन्जन तामाङ ,पुर्ब अध्यक्ष तथा बर्तमान संरक्षक बी बी योन्जन तामाङ, निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार कल्पना मोक्तान तामाङ ,सल्लाहकार मिस्रि योन्जन तामाङ , सल्लाहकार कान्छी घिसिङ तामाङ,अतिथिहरुमा इजरायलमा अवस्थित गौरबशाली जातीय ,सामाजिक,धार्मिक ,संस्कृतिक ,राजनैतिक संघबाट अध्यक्ष /प्रतिनिधिहरु ,पुर्ब पदधिकारीहरु र मिडियाकर्मीहरुका रहेका थिए |

कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई सम्वोधन गर्नु हुदै संस्थाका  तृतीया उपाध्यक्ष माला योन्जन तामाङले स्वागत  स्वागत मन्तव्य राखेकी थिईन् |

प्रवासमा रहेर पनि आफ्नु मातृ भाषा र साहित्यको विकास जगेर्ण संगै तामाङहरुमा आफु भित्र रहेको प्रतिभालाइ प्रस्फुटन गर्न सकोस भन्ने उदेश्यले तेस्रो ऐतिहासिक कार्यक्रममा प्रथम पटक कविता(मातृभाषाको ह्वाइखा) बाचन प्रतियोगिता अन्तराष्ट्रिय तामाङ परिषद्का  केन्द्रिय सदस्य सुन्दर सिंह योन्जन तामाङको संयोजकत्वमा सम्पन्न समेत गरेका थिए | जसमा उर्मिला पखिर्ण तामाङको ह्वाइखा प्रथम ,कल्पना मोक्तान तामाङको ह्वाइखा द्धितीय र सारा तामाङको ह्वाइखा तृतीय  र  दावा लामा तामाङको ह्वाइखा चौथो भएको थियो |

ह्वाइखा बाचन प्रतियोगिता सहभागीहरुलाई र संस्थाको तेश्रो अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई पदिय प्रमाण पत्र प्रदान गरेका थिए |

कार्यक्रमका प्रमुख अतिथि नयन इम्सोंङ लिम्बुले प्रवासमा भुमि इजरायलमा घेदुङले लामो समय देखि तामाङ समुदायको मौलिक संस्कृति र पहिचानलाई निरन्तर दिन महत्वपुर्ण योगदान र भूमिका निर्वाह गरिरहेको बताउनु हुदै तेश्रो वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नु भएको थियो | यसैगरी बिशेष अतिथि एनआरएनएका अध्यक्ष छिरीङ लामा शेर्पाले इजरायलमा भएका सम्पूर्ण संघसंस्था संग एनआरएनए हातेमालो गर्दै अगाडी बढ्ने बताउनु हुदै इजरायलमा घेदुङ आफैमा लामो इतिहास र गौरब बोकेको स्थापित संस्था भएको बताउनु हुदै शुभकामना व्यक्त गरेका थिए | यसैगरी अन्तराष्ट्रिय तामाङ परिषदका केन्द्रिय सदस्य सुन्दर सिंह लामाले तामाङ समुदायको आधिकारिक एक मात्र संस्था नेपाल तामाङ घेदुङ भएकोले सबैलाई आवाद्ध हुन आव्हान गरेका थिए |

यसका संस्थापक अध्यक्ष उर्मिला पाख्रिन तामाङ, संरक्षक बीबी लामा तामाङ,सल्लाहकार मिश्री योन्जन तामाङ,नेपाल मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगर,ह्योल्मो समाज इजरायलका पेमा डोल्मा ह्योल्यो,झापाली समाजका प्रतिनिधि जय ओडरी लगायतले शुभकामना  दिएका व्यक्त थिए |

संस्थाको प्रगति प्रतिवेदन महासचिव गोमा ख्युङबा तामाङ (शरिन) र आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिमला मोक्तान तामाङले  वाचन गरेका थिए |

प्रवास भूमिमा कार्यरत   रहेर ,समयको अभावमा पनि आफ्नु दायित्वहरुलाई निर्वाह गर्दै आफ्नु मौलिक संस्कार संस्कृति,धर्म भाषा-लिपि ,कला,साहित्य ,चाड -पर्ब, परम्पराहरुको संरक्षण संवर्द्धन गर्नुपर्छ भन्ने भावना भएका संस्थाका पदाधिकारी तथा इजरायलमा रहनु भएका तामाङ ज्यो ज्यो आले नाना भुरिङहरु तामाङ भेषभुषामा  सजिएर उपस्तिथी भएका थिए |

अन्तमा सभापति माया लामा (दिप्मा)ले  संस्थाका सम्पूर्ण पदधिकारीहरुले मनमा जोश-जाँगर, उत्साह ,हौसला, आत्मियेता, सद्भावना, सम्मान, प्रेम राख्दै संस्थालाइ सशक्त ढंगले मजबुतीको साथ दायित्व बोध हुदै निरन्तर अघि बढाउनु हुने सबैलाई धन्यवाद व्यक्त गर्नु हुदै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु हुने सबैलाई हार्दिक धन्यवाद आभार व्यक्त गरेकी थिइन् |

कार्यक्रम संस्थाका महासचिव गोमा ख्युङबा तामाङ (शरिन) ले सफलतापुर्वक संचालन गरेका थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution