तामाङ सोसाइटि अफ अमेरिकाको न्यूयोर्क शाखा गठन गर्ने तयारी

तामाङ सोसाइटि अफ अमेरिकाले अमेरिकाको बिभिन्न राज्यहरुमा शाखा गठन गर्ने क्रममा यही २४ डिसेम्बर २०१७ का दिन न्यूयोर्क शाखा गठन गर्नको लागि कार्यक्रमको आयोजन गरेको छ |
संस्थाको नयाँ सदस्यता र नबिकरण लिन इच्छुक तामाङहरुले कार्यक्रम भन्दा एक हप्ता अगाडी ( डिसेम्बर १७) सम्म गरिसक्नु पर्ने बताएको छ । कार्यक्रम स्थलमा सदस्यता बितरण र नबिकरण नगरिने जानकारी दिएको छ ।
तामाङ सोसाइटि अफ अमेरिकाको आयोजनामा प्रथम एतिहासिक “उत्तर अमेरिका तामाङ सम्मेलन २०१८” आगामी जनवरी महिनाको १३ र १४, २०१८ न्युयोर्कमा सम्पन्न हुन गईरहेको छ | उक्त सम्मेलनलाई मध्यनजर गर्दै अमेरिकाको विभिन्न स्थानमा शाखाहरु गठन गर्न लागेको तामाङ सोसाइटि अफ अमेरिकाले बताएको छ |
कार्यक्रम : तामाङ सोसाइटि अफ अमेरिका,न्यूयोर्क शाखा गठन
मिती : डिसेम्बर २४ ,२०१७
समय : बिहान : १० बजे देखी ३ बजे सम्म
स्थान : शेर्पा किदुगको हल
तामाङ सोसाइटि अफ अमेरिका