हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

चार वटा जलविद्युत् कम्पनीले साधारण सेयर जारी गर्ने तयारी

काठमाडौं- नेपालको आफ्नै लगानीमा निर्माण भइरहेका चार महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्ने तयारी गरेका छन्।

माथिल्लो तामाकोसी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोसी जलविद्युत् आयोजनाले साधारण सेयर जारी गर्ने तयारी गरेका हुन्। सबै आयोजना स्वदेशी लगानीमै निर्माण भइरहेका छन्।
नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको आधारमा साञ्जेन जलविद्युत् आयोजनाले ८७ करोड ६० लाख रुपैयाँ बराबरको ८७ लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो। सो कम्पनीले माथिल्लो साञ्जेन र साञ्जेन गरी ५७.३ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको छ।
सो कम्पनीको साधारण सेयर नागरिक लगानी कोषमार्फत बिक्री गरिनेछ।

चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि आगामी एक महिनाभित्र सीमित साधारण सेयर जारी गर्ने तयारी गरेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै सो आयोजनाले पहिलो चरणमा एक अर्ब ६४ करोड २१ लाख ४० हजार रुपैयाँ बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्कासन गर्नेछ।
कुल १ सय ११ मेगावाट क्षमताको सो आयोजनाले साधारण सेयर जारी गर्ने प्रयोजनका लागि धितोपत्र बोर्डमा गत बैशाख १३ गते नै आवेदन दिइसकेको छ।

पहिलो चरणमा बिक्री गर्न लागिएको सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीले खरिद गर्न पाउने व्यवस्था छ। कोषका पाँच लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चयकोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत सेयर बिक्री गरिनेछ। यस्तै, आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत शेयर बिक्री गर्ने गरी तयारी गरिएको छ।

कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमई र एनसिएम मर्चेन्ट बैंकिङमार्फत साधारण सेयर बिक्री गर्नेछ।

त्यस्तै, राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीले पनि आगामी माघको पहिलो साता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

आयोजनाले सर्वसाधारणका लागि एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर बिक्री गर्ने तयारी गरेको छ। आम नेपालीका लागि कुल सेयरको १५ प्रतिशत र आयोजना प्रभावित दोलखाका जनताका लागि छुट्याइएको १० प्रतिशत साधारण सेयरसमेत आगामी माघमा नै बिक्री गरिनेछ।

स्थानीयवासीले दोलखाका सहकारी संस्थामार्फत पनि शेयर खरिद गर्न सक्नेछन्। आयोजनाले प्रभावितका लागि जारी पुँजीको १० प्रतिशत अर्थात् एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर बिक्री गर्नेछ।

कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको छ। आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।

यस्तै, चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीमध्ये भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडले पनि दुई अर्ब ९४ करोड बराबरको साधारण सेयर जारी गर्ने तयारी अन्तिम चरणमा पुर्यािएको छ। कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक तोकेको छ।
पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि एक अर्ब १७ करोड रुपैयाँ बराबरको एक करोड १७ लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर जारी गर्ने तयारी गरिएको छ।
दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका लागि ६० करोड रुपैयाँ बराबरको साठी लाख कित्ता साधारण सेयर जारी गरिनेछ। रासस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution