हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

मन थाम्न नसकेपछि राजाको ढुकुटीबाटै चोरी

राजदरबारमा कर्मचारी भर्ना गर्दा कुनै परीक्षा लिने चलन थिएन । त्यहाँ कार्यरत कर्मचारीले अवकाश पाउँदा तिनका छोराहरूले स्वत: जागिर पाउँथे । त्यस अतिरिक्त कर्मचारी प्रमुख र हाकिमहरूको सिफारिसमा तल्लो तहका कर्मचारी सोझै भर्ना गरिन्थ्यो । म दरबार प्रवेश गर्दा राजा त्रिभुवनको समयमा जागिरमा नियुक्त भएका केही कर्मचारीहरू थिए भने धेरैजसो पुराना कर्मचारीका सन्तान ।

दरबारमा जागिर गर्नेहरूको सान बेग्लै हुन्थ्यो । उनीहरू आफ्ना मातहत कर्मचारीका सम्मुख जाडोमा दरबारको बगैँचामा खुला रूपमा हुक्कामा तमाखु खान्थे । राजा महेन्द्र सानो छँदै दरबार प्रवेश गर्नेहरू ठूलो भएपछि समेत राजाको हेक्का नराखी खानपिन गर्थे । दरबारका झाडु–बढारु र बगैँचे तिनीहरूका सेवकजस्तै भएर प्रस्तुत हुन्थे । सचिवालयका तर्फबाट बडाकाजी पुष्पराज राजभण्डारी, काजी हंसमान, काजी मधुसूदन राजभण्डारी र सचिवहरू केही संयमित थिए । तर, उनीहरूले पनि आफ्नो घरमा तरकारी किनेर ल्याउने, धारा–बत्तीको बिल तिर्ने आदि कामदारलाई दरबारको जागिरे बनाएका थिए ।

राजाको मात्र होइन, राजाको वरिपरि बस्नेको पनि सेवा गर्नू भन्ने नीतिशास्त्रलाई दरबारका तल्लो तहका कर्मचारीले पालना गर्थे । म सोझै राजाबाट नियुक्त अपवाद सेवक थिएँ । त्यसकारण मैले अन्य हाकिमहरूको सेवा गर्नु पर्दैनथ्यो । राजा महेन्द्रको रत्नसँग विवाह हुँदा दाइजोमा दरबारमा भित्रिएका खरिदार रत्नमान र सूर्यमान श्रेष्ठ छिट्टै काजी भएर राजा महेन्द्रको ढुकुटी तथा खर्च विभाग एवं घरकाज विभागका हाकिम भएका थिए । उनीहरूकै सिफारिसमा ललितपुरका एक जना व्यक्ति त्यतिबेला राजाको बैठकेमा नियुक्त भएका थिए ।

राजदरबार खर्च व्यवस्था कानुन अनुसार त्रैमासिक रूपमा राष्ट्र बैंकबाट राजाको ढुकुटीमा दाखिला हुने बजेट निकासा हुन्थ्यो । राजा महेन्द्र आफूलाई निकासा भएको रकमको नम्बर टिपोट गरी चन्दा, पुरस्कार र बक्सिसस्वरूप दिनुपर्ने केही नगद आफ्नो चल्तीको ढुकुटीको दराजमा मिलाएर राखी बाँकी रकम ढुकुटी विभागमा पठाइदिन्थे । त्यसबेला एक सय रुपियाँभन्दा माथिका नोटको प्रचलन नै थिएन । दस र पाँच रुपियाँ बढी चलनचल्तीमा थिए ।
विसं ०२२ तिरको कुरा हो । राजाको ढुकुटी कोठाबाटै पाँच रुपियाँका बिटाका केही नोट चोरिए । त्यत्रो सुरक्षा व्यवस्थाका बाबजुद दरबारभित्रैबाट नगद चोरी हुनु चानचुने कुरा थिएन । फेरि राजाले नोट नम्बरसमेत टिपोट गरेको नगद दराजबाटै गायब भएपछि राजदरबारमा त्यस चोरी काण्डले सनसनी नै मच्चायो । धुइपत्ताल खोजबिन गर्दा र अनेक चियोचर्चा गर्दा पनि राजा महेन्द्रको ढुकुटी कक्षबाट चोरी भएको रकम कसले लग्यो भन्ने पत्ता लाग्न सकेन । बैठकेमाथि शंका भएकाले छानबिनका लागि प्रहरीको जिम्मा लगाइयो । त्यसपछि राजा महेन्द्रकै निर्देशनमा गोरखापत्रमा सूचना प्रकाशित भयो । रेडियो नेपालबाट प्रसारित गरियो, ‘… नम्बरदेखि … नम्बरसम्मका रु पाँचका नोट चोरी भएको हुँदा यस नम्बरका कुनै पनि नोट चलनचल्तीमा नल्याउनू, फेला परे/पारे तुरुन्तै प्रहरीलाई बुझाइदिनू ।’ उक्त नम्बरका नोट कारोबार गरे–गराएको पाइएमा कानुनबमोजिम कारबाहीको भागीदार बन्नुपर्ने चेतावनीसमेत सूचनामार्फत दिइएको थियो ।

यस्तो सूचना प्रकाशित–प्रसारित भएको भोलिपल्टै चोरको होस–हवास नै उडेछ । चोरी गरेको कुनै पनि नोट चल्तीमा नआउने भएपछि चोरी कबुल गर्नु मनासिब ठानी प्रहरीसमक्ष बैठकले आफूले चोरी गरेको बयान दिएछ । त्यसपछि उसलाई प्रहरीले मुद्दा चलायो र अदालतले तीन वर्ष कैद सजायसहितको फैसला सुनायो ।

उसले राजाको दराजमा नोटका चाङ देखेर मन थाम्न नसकेकाले चोरी गरेको बयान प्रहरीसक्षम दिएको थियो । बैठक कक्षबाट चोरी गरेको रकम दिउँसो बगैँचामा ल्याई लुकाएछ । र, बेलुका कार्यालय समयपछि घर फर्किने क्रममा लिएर गएछ । सदाझैँ दरबारका बैठकेलाई बचेको बासी फलफूल दिएर पठाउने भएका कारण नगद चोरी गरेका दिन त्यसरी दिएका फलफूलको झोलाको तलपट्टि उक्त नगद लुकाएर राजदरबारको दक्षिण ढोकाबाट ऊ बाहिरिएको रहेछ ।

म दरबारको विशेष जाहेरी विभागमा कार्यरत रहँदा उक्त कैदीले दिएको बिन्तीपत्रमा भनिएको थियो, ‘दरबारको यो सेवकको बुद्धि बिग्रिएर खराब काम भयो । जेलमा बसेर प्रायश्चित्त गरेको पनि डेढ वर्ष पूरा भएको छ । बाँकी सजाय मिनाहा/माफी पाउँm !’ राजा महेन्द्रले यो बिन्तीपत्रको बेहोरा सुनेपछि भनेका थिए, ‘मेरो ढुकुटीमै चोरी गर्नेलाई सजाय माफी/मिनाहा हुँदैन ।’

-रेवतीरमण खनालको स्मरणबाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution