हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

प्रेमिकालाई घामको प्रकाशबाट बचाउन ‘शिरफूल’

लिम्बू संस्कृतिमा शिरफूल महत्वपूर्ण गहना हो । लिम्बू मिथकअनुसार पौराणिक कालमा आफ्नी प्रेमिकालाई घामको प्रकाशबाट बचाउन ‘शिरफूल’ लगाइदिएको भन्ने विश्वास गरिन्छ । पुरातात्विक हिसाबमा आठदस हजार वर्ष पहिलादेखि गरगहना लगाउने चलन सुरु भएको हुनसक्ने ‘लिम्बू मुन्धुम र संस्कृति अध्यता’ डीबी आङ्बुङ बताउँछन् । उनका अनुसार भगवान्को पालादेखि नै गरगहना लगाइन्थ्यो भन्ने कुरा अध्ययनले देखाउँछ । भन्छन्, ‘लिम्बूहरूको इष्टदेवता युमासाम्मागंले पनि झपक्कै गहना लगाएर सुसज्जित भएको वर्णन लिम्बू पुरेतहरू गर्ने गर्छन् ।’

त्यस्तै युमाको अर्को अवतारका रूपमा मानिने फाल्गुनन्दले पनि शिरबन्दी र कण्ठ लगाउने गरेको देखिन्छ । यी प्रमाणहरूले पनि इष्टदेवताको पालादेखि नै लिम्बूहरूले गरगहना लगाएका हुन् भन्ने बुझिएको उनले बताए ।

लिम्बूको धार्मिक ग्रन्थ मुन्धुममा पनि भगवान्ले गरगहना लगाएको वर्णन छ । लिम्बू जातिको गरगहना र पोसाकको अन्योन्याश्रित सम्बन्ध छ । आङ्बुङ भन्छन्, ‘महिलाले लगाउने परम्परागत पहिरन मेख्ली र पुरुषहरूले लगाउने तागामा गरगहना सकेसम्म छुटाउनै मिल्दैन ।’ लिम्बूका गरगहना सूर्य, चन्द्र र तारा स्वरूपका हुन्छन् । यसले के झल्काउँछ भने लिम्बूहरूको सम्बन्ध प्रकृतिसँग रहेको छ । यस्तो तर्क गर्ने आङ्बुङका अनुसार परम्परागत गहना लगाउनु कुनै फेसनभन्दा जातीय, सांस्कृतिक पहिचानको अर्थ बोक्ने कुरा हो ।

लिम्बू जातिमा फरक संस्कृति छन् । हिन्दु धर्ममा जस्तो श्रीमान् बितेकाहरूले गहना फुकाल्नुपर्छ, गहना लगाउनु हुन्न भन्ने छैन । बरु पुरुष वा महिला जसको मृत्यु भए पनि पैसा वा सुनको टीका लगाइदिने चलन छ । लिम्बू पुरुषका पनि केही गहना छन् । विवाहमा चाँदी र पक्षीको प्वाँखबाट बनेको श्रीपेच लगाउँछन् । कम्मरमा खुकुरी भिर्नु लिम्बू संस्कृति हो ।

२०५८ सालदेखि गहना व्यवसायमा लागेका ताप्लेजुङका सूर्य विश्वकर्मा भन्छन्, ‘आजकल यी गरगहना लगाउनेको संख्या झनै बढेको छ । सबैभन्दा धेरै माग विदेशमा बस्ने नेपालीले गर्छन् ।’ ललितपुरको नखिपोटस्थित ‘ताप्लेजुङ फुग्लिङ ज्वेलर्स’ सञ्चालन गर्दै आएका उनी भन्छन्, ‘युवतीहरू झनै आकर्षित छन् ।’ पार्टी, विवाह, भोज, सांस्कृतिक कार्यक्रम, चाडबाड सबै ठाउँमा परम्परागत गहना लगाउन थालेका छन् उनीहरूले । ताप्लेजुङको सम्झना गर्दै उनले भने, ‘पहिला घरमा एक जोर गहना हुन्थ्यो, पालैपालो छोरीबुहारीले लगाउँथे तर आजकल सबैले एक एक सेट गहना बनाउन थालेका छन् ।’

पाँचथरकी अर्पना नेम्बाङ भन्छिन्, ‘लिम्बूका गहनाले जोकसैलाई पनि सुन्दर देखाउँछ । झपक्क गरगहना लगाएर चिरिच्याट्ट परेर कतै जाँदा आफैंमा गर्व महसुस हुन्छ ।’

लिम्बूका विभिन्न गरगहनामध्ये सबैभन्दा चल्तीको गहना शिरफूल हो । यसलाई लिम्बू भाषामा साम्म्याङ फुङ भनिन्छ । शिरबन्दी (पोन्दी), चाँदीहारा (चन्द्रहार), प्वाँलो माला (कान्धी), रेजीहार (पैसाको माला), काँडे चुरा (छोलाने), नौगेडी (तिगलाङ), कण्ठ (थक्लुक्ता), कानढुंग्री (नेलोती), चेप्टेसुन (नेसे), खुट्टाको कल्ली (लाम्बाङगी), तिलहरी (फाङ्वाक) आदि लिम्बू महिलाले पहिरन्छन्।@अन्नपूर्ण






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution