छेथार अर्थात् जीवन दानको लाभ – पाल्साङ नोर्वु तामाङ

उहिले भारतमा ठिचेन नामक एक तैर्थिक राजा थिए, त्यो राजा प्राणीको तातो मासु र रगत खानुमा रमाउँथ्यो, त्यसको लागी उसले हजारौ प्राणीहरूको हत्या गरेका थिए । पछि उ मरे पश्चात त्यस्ता पाप गरेका कारण १८ किसिमका नरक मध्ये वज्र नरकमा जन्मेका थिए, त्यस नरकको दुःखको सीमा भन्ने हो भने, दिन मै त्यो प्राणी १०० पटक मरेर १०० पटक जिवित हुनस पर्ने स्थानमा पतन भई असिम दुःख पीडा भोगि रहेका थिए ।
अायूष्मान भिक्षु अानन्दले त्यस पापीले भोगेका दुःख पीडालाई देखेर भगवान बुद्धलाई त्यस फलको विषमा सोध्नु भएको थियो । उत्तरमा भगवान बुद्धले भन्नु भयो । यस्ता असहय दुःख पीडाहरू भोग्नु पर्ने उसले पुर्व जन्ममा तातो रगत र मासुमा अति अासक्त भई धेरै प्राणीहरू मारेको दुष्ट कर्मको फल परिपाक भएको हो।
त्यस पछि अानन्दले धर्मराजलाई सोधे, के यो प्राणी यस दुःख बाट मुक्त हुने केही उपाय छ त? यम धर्मराजले त्यस प्रश्नको उत्तरमा भन्यो, यदि यो प्राणीलाई दुर्गतिबाट मुक्ति दिलाउनु चाहान्छ भने मनुष्य लोकमा प्राणी जीवन दान गरेमा मुक्त हुनेछ । तत्पश्चात भिक्षु अानन्दले नरकको दुःख पिडाले ग्रसित त्यस प्राणीको निम्ति जीवन दान गर्नु भई त्यो प्राणी बज्र नरकबाट मुक्त भएका थिए भनि बौद्ध ग्रहन्त तथा ईतिहासमा वर्णन गरेका छन् ।
अरू पनि यदि कसैबाट मार्न निश्चित भएको वा मार्न खोजिएको प्राणीको जीजन दान गरेमा शीलवान भिक्षु जस्तै पुण्यवान हुनेछ। एक प्राणीको जीवन दान गरेमा एक दुर्गतिमा जन्म लिने कर्म शुद्धो हुनेछ। लोक धातुमा एक सय मानव तथा १०० घोडा मारेमा पाप भएपनि (त्यस कर्म प्रति पश्चत्तापका साथ प्रयाश्चित गरि) धेरै पटक जीवन दान गरेमा पापको निवारण हुनेछ। १३ जीवन दान गरेमा १०,००० कल्प संचित पापहरू शुद्ध हुनेछ। अायू सकेको ब्यक्तिका लागी जीवन दान गरेमा उसको अायू लामो हुनेछ ।
अल्प अायू हुने ब्यक्तिको लागी १३ जीवन दान गरेमा त्यस मानिसको अायू तीन वर्ष सम्म परिवर्तन हुनेछ । जीवन दान दिएका प्राणीलाई मारेमा १०० मानिस मारेको पाप बराबर हुनेछ । त्यस प्रकारका पाप तथा अप्रमेय दोषहरू भगवान बुद्धले पसमठिशिङ सुत्रा भित्र भताउनु भएका छन्।।
सर्ब मंगलम
बौद्ध दर्शनिक- पाल्साङ नोर्वु तामाङ ( बोम्जन )