विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण

नयाँदिल्ली, कात्तिक ३० । भारतको दक्षिणी राज्य तामिलनाडूबाट १३४ जना यात्रु र सात जना चालक दलका सदस्यसहित कतारको दोहाका लागि उडेको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण गराइएको खबर छ ।
तामिलनाडूको विमानस्थलबाट विमान उडेको केही समयमा नै सो विमानमा चरा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानलाई पुनःफर्काएर सोही विमानस्थलमा अवतरण गराइएको थियो ।
सो चेन्नई दोहा इन्डिगो फ्लाइट बिहीबार बिहानीपख सवा २ बजे उडेका थियो । पछि सो विमानमा चरा ठोक्किएपछि पुनःअवतरण गराएर अर्काे विमानमा यात्रुलाई राखी उडान सन्चालन गरिएको थियो ।
चरा ठोक्किएको सो विमानमा सामान्य दाग देखिएको छ । उक्त विमान मर्मतका लागि ग्राउण्डेड गरिएको बताइएको छ । (रासस/सिन्ह्वा)