हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’को डिभिडी सार्वजनिक

भक्तपुर  । तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ (कालो अरिङ्गाल)को डिभिडी आज सार्वजनिक गरिएको छ । रु २५ लाखको लागतमा बनेको उक्त चलचित्रमा समाजका गरिब, निमुखा, विपन्न र उत्पीडनमा परेका वर्गमाथि पूँजीपति वर्गले गरेको अन्याय, अत्याचार, शोषण र राजनीतिक विकृतिविरुद्ध व्यङ्ग्य गरिएको चलचित्रका निर्माता बिकु थोकर तामाङ्ले जानकारी दिनुभयो ।

कार्यक्रममा लामा गुरु लाक्पा दोर्जे तामाङले डिभिडी सार्वजनिक गर्दै अर्थ अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले आर्थिक लाभ पनि गर्न सफल भएको बताउनुभयो ।

चलचित्रका नायकमा जगे लोप्चन तामाङ , नायिकामा सुनिता लुङ्बा तामाङ , खलनायकमा बिकु थोकर तामाङ , नृत्यमा सिर्जना तामाङ, सुष्मा मोक्तान तामाङ , सफल दोङ तामाङ लगायत कलाकारको भूमिका छ । चलचित्रको निर्माण थोकर फिल्म्स प्रालि र निर्देशन शंकर महर्जनले गरेका छन् |

चलचित्रमा संगीत विशाल कल्ताङ  तामाङ  र विशाल थिङ तामाङ  तथा  रचना कुमार स्याङतान तामाङको रहेको छ । चलचित्रको कथा ऋतुराज पाख्रिन  तामाङले लेख्नुभएको छ । चलचित्रको नृत्य निर्देशन अजय स्याङतान तामाङले गर्नुभएको छ ।

देशका १४ जिल्लाका ३५ ठाउँमा प्रदर्शन गरिएको उक्त चलचित्रबाट आम्दानी भएको रु ३५ लाखमध्ये रु १५ लाख गुम्बा र मन्दिर निर्माणमा सहयोग पु¥याउनाका साथै मिर्गौला तथा अर्बुद रोगीका उपचारमा समेत खर्च गरिएको निर्माता बिकु  थोकर तामाङले जानकारी दिनुभयो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution