हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

बामगठबन्धनलाई समर्थन गर्दै नयाँ शक्तिका केन्द्रिय सदस्य द्वारा पार्टी परित्याग

काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ताहरु धामधम पार्टी छाड्नेको लर्को लागेको छ | नयाँ शक्ति गठनताका शुरुदेखि नै अभियानमा लागेका गोरखा स्थायी घर भएका नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य इन्द्रराज भट्टराईले नयाँ शक्ति पार्टी र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषण गरेका छन् |

सरल तथा युवा नेता इन्द्रराज भट्टराई सुरुमा नयाँ शक्ति पार्टी बामगठबन्धनमा आवाद्ध भएकोमा हौसिएका थिए | तर केहि समयपछि नयाँ शक्ति बामगठबन्धन छाडेर नेपाली कांग्रेससंग गठबन्धन गर्न पुगेपछि भट्टराई निराश भएका थिए |नयाँ शक्ति पार्टी र पार्टीको भिजन सबै त्यागेर बाबुराम भट्टराई आफै मात्रा चुनाबमा जित्न गोरखा जिल्लामा मात्रा सिमित भएकोमा नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ता सबै असन्तुष्टि भएका भएका छन् |

पार्टी परित्याग गर्नुको कारणबारे इन्द्रराज भट्टराईले भने – नयाँ शक्ति पार्टी नेपाल गठन गरेर हामी नयाँ विचार र दृष्टिकोणका साथ मुलुकको आर्थिक विकास र संवृद्धिको दिशामा अग्रसर भएका हौं। हामी नयाँ बन्यौं र बनायौं तर हामीले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको व्यबस्था प्राप्त गरी ५ ‘स’ मार्फत आर्थिक विकास र संवृद्धिको एजेण्डा कार्यान्वयन गर्न शक्तिको आवश्यकता छ। अहिलेको अग्रगामी, प्रगतिशिल, बामपन्थी शक्तिहरूको एकीकरणको नयाँ माहोल त्यही शक्ति आर्जन गर्ने हतियार हो, नयाँ शक्ति पार्टीको मूल नेतृत्वले पनि सोही कारण बामगठबन्धन एकीकरण प्रक्रियामा समावेस भएको स्पष्ट पारेकै थियो ।

यही परिप्रेक्ष्यमा नयाँ शक्ति पार्टीले अत्यन्त न्यून स्थानहरूका लागि नेपाली कांग्रेससँग चुनावी तालमेल गरी अगाडि बढिरहेको सन्दर्भमा नयाँ शक्ति पार्टीको संस्थापना समयदेखि निरन्तर पार्टी निर्माणमा लागी समुन्नत समाजबाद प्राप्त गर्न अग्रसर म र मजस्ता नेता कार्यकर्ताबरूलाई निराश बनायो ।

तसर्थ सबैको सम्मान गरौं, निरपेक्ष विरोध वा समर्थन गर्नुभन्दा अगाडि धेरै सोचौं, निस्वार्थ छलफल गरौं र मोर्चालाई थप बलियो र स्पष्ट बनाउँदै अग्रगामी, प्रगतिशिल, बामपन्थी शक्तिहरूको एकतालाई निष्कर्षमा पुर्याई आसन्न संघ र प्रदेशको निर्वाचनमा बाम गठबन्धनलाई बहुमत दिलाई स्थीर सरकारको गठन गर्दै समुन्नत समाजवाद प्राप्तिको दिशामा अगाडि बढ्नका निम्ति सबैले आ-आफ्नो ठाउँबाट पहल गर्ने उद्देश्यका साथ आजका मितिसम्म मैंले नयाँ शक्ति पार्टी नेपालमा सम्हाल्दै आएको जिम्मेवारी (केन्द्रीय परिषद सदस्य, विदेश बिभाग र शिक्षा बिभाग सदस्य/प्रचार बिभाग संयोजक)बाट अलग भएको घोषण गर्दछु  |

बिशेषगरी प्रवासमा संगठन बिस्तार गर्न इन्द्रराज भट्टराईले ठुलो भूमिका निर्वाह गरेका  थिए |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution