हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

म्यापावरवलीले पक्राउ गराईन् वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे

काठमाडौं—वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान अायोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डे बुधबार चावहिलस्थित घरबाटै पक्राउ परेका हुन्।

‘सर्वोच्च अदालतले एक मेनपावरको कारोबार फुकुवा गर्न भनेको थियो। विभागले त्यसमा आनाकानी गरी अनियमितता गरेको देखियो’, अख्तियारका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले  भने, ‘यही प्रकरणमा दश लाख रुपैयाँ घुससहित विभागका दुई कर्मचारी हिजो पक्राउ परेका थिए। त्यसकै फलोअपमा बुधबार पाण्डे पक्राउ परेका हुन्।’

अख्तियारको टोलीले हिजो मंगलबार विभागका अधिकृत कृतिवल्लभ पौडेल र नासु खडक केसीलाई नयाँ वानेश्वरको इन्द्रेणी फुडल्यान्डबाट पक्राउ गरेको थियो। उनीहरु घुसबापतको १० लाख रुपैयाँसहित पक्राउ परेका थिए। साँझ ६ बजे पक्राउ परेका उनीहरुले बयानमा महानिर्देशक पाण्डेसँगको मिलेमतोमा आफूहरु यो कार्यमा संलग्न रहेको बताएका थिए। त्यही बयानका आधारमा अख्तियारले बुधबार महानिर्देशक पाण्डेलाई पक्राउ गरेको उल्लेख गरेको छ।

सुभद्राको योजना महानिर्देशक पक्राउ

वैदेशिक रोजगार विभागका बरिष्ठ अधिकारी पक्राउको कथा महाराजञ्जन कार्यालय रहेको एसआरएस ओरसिजसँग गएर जोडिएको छ। मानव तस्करीका लागि बद्‌नाम सो मेनपावरबाट गत वर्ष सेक्युरिटी गार्डका लागि ५२ व्यक्ति युएई गएका थिए। प्रतिव्यक्ति ८ लाख रुपैयाँ बुझाएर गएका उनीहरुले अलपत्र परेपछि नेपाल फर्किएर एसआरएसविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा विगभागले एसआरएसको कारोबार रोक्का गरेको थियो। ५२ जना पीडितको दवाब थेग्न नसकेपछि विभागले मेनपावरको कारोबार रोकेको थियो।

कारोबार रोक्का भएपछि मेनपावर सञ्चालक सुभद्रा बराल भागेर आबुधावी पुगेकी थिइन्। लामो समयसम्म त्यहाँ बसेकी उनले उतैबाट रोक्का फुकावाका लागि कानुनी प्रक्रिया सुरु गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्च अदालतले उनको पक्षमा फैसला सुनाउँदै एसआरएस ओभरसिजलाई सफाइको आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि राहत अनुभव गरेकी उनले रोक्का फुकुवाका लागि वैदेशिक रोजगार विभागमा प्रक्रिया सुरु गरेकी थिइन्। वैदेशिक रोजगार विभागका कर्मचारीले त्यसमा आनाकानी गर्दै घुस मागेका थिए। त्यतिबेला पैसा माग्ने विभागका कर्मचारीसँगको फोनटेप गरी सुभद्राले अख्तियारलाई बुझाएकी छिन्।

उनकै योजनाअनुसार मंगलबार साँझ ६ बजे १० लाख रुपैयाँ लिन विभागका दुई कर्मचारीलाई नयाँ वानेश्वरको इन्द्रेणीफुडल्यान्ड पुगे। त्यहाँ उनले पूर्व कुराकानीअनुसार वैदेशिक रोजगार विभागका अधिकृत पाैडेल र नासु केसीलाई १० लाख रुपैयाँ थमाइन्। तर उनले यो जानकारी पहिलै अख्तियारलाई दिइसकेकी थिइन्। अख्तियारको टोलीले घुस लिँदालिँदै पाैडेल र केसीलाई रंगेहात पक्राउ गर्‍यो।

‘मेनपावर सञ्चालकसँग विभागका कर्मचारीले पैसा बार्गेनिङ गरेको टेप हामीले पाएका छौं’, अख्तियार स्रोतले   भन्यो, ‘महानिर्देशक पाण्डेले मेनपावर सञ्चालकसँगको बार्गेनिङ गरेको त्यो टेपसिहतका प्रमाणमा अनुसन्धान भइरहेको छ।’

वैदेशिक रोजगार विभागमा भ्रष्टाचार खुलेअाम हुने गरे पनि सो कार्यलयबाट सहसचिव तहको कर्मचारी घुस प्रकरणमा पक्रउ परेको यो पहिलो घटना समाचार नागरिक दैनिकमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution