हेडलाईन

प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !        

जोर्डनमा महिला कामदारका लागि रोजगारी खुला

काठमाडौँ । नेपाली महिला अबदेखि घरेलु कामदारका रूपमा जोर्डन जान पाउने भएका छन् । नेपाल र जोर्डनबीच श्रमसम्झौता भएपछि त्यहाँ नेपाली महिला घरेलु काममा जान पाउने भएका हुन् ।

सम्झौतासँगै कामदारको कार्यस्थल सुरक्षा, बीमा र रोजगार अधिकारलाई बलियो बनाइएको छ । अब जोर्डन जाने घरेलु कामदारले मासिक तीन सय अमेरिकी डलर पाउने छन् भने गार्मेन्टमा जानेका लागि २५० डलर तोकिएको छ ।

जोर्डनसँगको सम्झौतामा रोजगारीका लागि जाने नेपाली कामदार निःशुल्क भिसा र टिकटमा जान पाउने छन् भने कामदारको हवाई टिकट र भिसा शुल्क रोजगारदाताले नै व्यहोनुपर्ने उल्लेख गरिएको छ ।

सरकारले यसअघि घरेलु कामदारका रूपमा विदेश जान महिलालाई रोक लगाएको थियो । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले जोर्डनसँग गरिएको श्रम सम्झौतामा महिला कामदारको समेत रोजगार अधिकार बलियो पारिएकाले त्यहाँ कामदार पठाउने व्यवस्था गरिएको जानकारी गराउनुभयो । जोर्डनबाहेक अन्य देशमा भने तत्कालै घरेलु कामदारका रूपमा नेपाली महिला जान पाउने छैनन् ।
वैदेशिक रोजगार विभागका अनुसार जोर्डनमा झण्डै पाँच हजार नेपाली कार्यरत छन् । तीमध्ये धेरैजसो गार्मेन्ट क्षेत्रमा कार्यरत छन् । गएको कात्तिक १ गते जोर्डनको श्रम मन्त्रालयमा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका डा. अलि अल गेजावीले श्रम सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution