सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गर्नु ग़लत- सुजाता कोइराला

काठमाडौं : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकारले बूढीगण्डकी जलविद्युत आयोजनाको सम्झौता रद्द गरेर गल्ती गरेको बताएकी छन्। कोइरालाले समाजिक सञ्जाल फेसबुकमार्फत सरकारको निर्णयप्रति असन्तुष्टि जनाएकी हुन्।
उनले भनेकी छन्,‘यो निर्णय राम्रो होइन। निर्वाचनको मुखमा सरकारले यस्तो निर्णय गरेपछि निर्वाचनलाई प्रभाव पर्न सक्छ। यस्तो निर्णयले कांग्रेसको जनमतसमेत घट्न सक्छ। यो निर्णयले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरणमा असर परेको छ। एउटा सरकारले सम्झौता गर्दै जाने र अर्को सरकारले रद्द गर्दै जाने हो भने नेपालको विकासमा ठूलो असर पर्छ।’