प्रदेश सभा बारा १ (क) मा पेमा सिद्धी लामा तामाङको पक्षमा व्यापक जनलहर

काठमाडौं । बाराबाट प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका उम्मेदवार पेमा सिद्धी लामाको पक्षमा व्यापक जनलहर बढ्दै गएको छ । उनले आफ्नो क्षेत्रमा गरेको विकास र जनप्रिय कामका कारण उनको पक्षमा नेपाली काँग्रेसबाहेकका पार्टीका कार्यकर्ताहरु देखिएपछि उनको जितको सम्भावना बलियो बन्दै गएको हो ।
बारा क्षेत्र नं १ को प्रदेश सभा तर्फको क्षेत्र नं क मा उम्मेदवारी दिएका लामाको पक्षमा चुनाव नजिकिँदै जाँदा जनलहर पनि बढ्दै गईरहेको छ । उनको चुनावी प्रचारका क्रममा विभिन्न ठाउँमा भएको कार्यक्रममा काँग्रेसका विभिन्न तहका नेताहरुले पनि उनको पक्षमा थप माहोल जुटाईदिएका छन् ।
सो क्षेत्रमा निकै प्रभावशाली मानिएका काँग्रेसका पूर्व मुख्यसचिव शोभाकर पराजुलीले उनको पक्षमा मत माग्दै भिडियो सन्देश पठाएपछि सो क्षेत्रमा काँग्रेसीहरु पनि थप उत्साहित र झनै सक्रिय बनेका छन् । पराजुलीले भिडियो सन्देश मार्फत् नेपालका कम्युनिष्टहरु एक भएर नागरिक स्वतन्त्रता हनन् गर्ने दुस्प्रयासमा रहेको भन्दै यसैलाई परास्त गर्नको लागि नेपाली काँग्रेसलाई नै मत दिनु पर्ने बताएका छन् । त्यसैमाथि बारा क्षेत्र नं १ क ले त झनै लोकप्रिय र विकासप्रेमी नेता पाएको भन्दै कुनै संकोच विना नै लामालाई भोट दिन सकिने बताएका हुन् ।
पौने दुई मिनेट लामो भिडियो सन्देशमा उनले नेपाली काँग्रेसका लोकप्रिय, विकासप्रेमी र जागरुक युवा लामालाई अत्यधिक मत दिएर जिताउन आग्रह गरेका छन् । त्यस्तै, कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले अबको समयमा विकासप्रेमी र युवा नेतृत्वको आवश्यकता रहेकोले सो क्षेत्रको मतदाताको लागि लामाको विकल्प नरहेको बताएका छन् । उनले अबको समयमा युवा सोच, युवा जाँगर र युवाको सिर्जनशिलताले नै मुलुक समृद्धिको शिखरमा पुग्ने भन्दै यसको लागि लामालाई नै मतदिनुपर्ने तर्क गरे ।
उनी अहिले तीव्र प्रचारप्रसारमा अभियानमा लागिरहेका छन् । प्रचारप्रसारको क्रममा आफ्नो पक्षमा ब्यापक जनमत देखिएकोले आफूले जित्नेमा कुनै शंका नै नरहेको लामा बताउँछन् ।