हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

आदिवासी जनजाती महासंघ मलेसियाको अध्यक्षमा फूपू तेम्बा शेर्पा चयन

-आरएन चौधरी थारु

मलेसिया-नेपाल आदिवासी जनजाती महासंघ मलेसियाले संस्थामा रहेको रिक्त पदमा पदपूर्ति  गर्नुको साथै  कार्यबिभाजन गरेको छ |  आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा महासंघको वरिष्ठ उपाध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा बसेको केन्द्रिय समितीको बैठकले विभिन्न प्रस्ताव माथी छ्लफल गरी  निर्णय गरेको हो |

तेस्रो महाधिवेशनबाट निर्वाचित बर्तमान अध्यक्ष स्वर्गीय मिङमा शेर्पाको निधन पक्ष्चात अध्यक्षको पद खाली रहेकोले आगामी आउने दिनहरुमा आदिवासी जनजाती महासंघ मलेसियालाई अगाडि बढाउन महासंघलाई हाक्न सक्ने सक्षम,योग्य ,शिक्षित नेतृत्वकर्ताको आवश्यकता रहेकोले हिजो बसेको केन्द्रिय समितिको बैठकले तेस्रो महाधिवेशनबाटै निर्वाचित उपाध्यक्ष फूपू तेम्बा शेर्पा (पिटि शेर्पा पिनासा)लाई सबै कार्यसमिती सदस्यहरुको सहमतीबाट आगामी दुई बर्षको कार्यकालको लागी अध्यक्षमा मनोनीत गरेको छ ।

महासंघको प्रवक्तामा समितिको बैठकले सर्वसहमतिबाट झलकमान राईलाई मनोनीत गरेका छ भने पाँच वटा बिभागको संयोजक चयन गरेको छ | जसअनुसार संचार बिभाग संयोजक:-घनश्याम चौधरी(आरएन चौधरी थारु/आदिवासी जनजाति महासंघ मलेसियाका बर्तमान उपाध्यक्ष) सांस्कृतिक  बिभाग/संयोजक:-भिम बानु किराँती (बर्तमान सचिव) खेलकुद बिभाग/संयोजक:-सोनाम नोर्बु तामाङ(बर्तमान कार्यकारी सदस्य) संगठन बिभाग/संयोजक:- रेवतराज आङदम्बे(बर्तमान कार्यकारीसदस्य) र अनुशासन बिभाग/संयोजक:- रबिन राई(बर्तमान कार्यकारी सदस्य) रहेका छन् |

पदपूर्ति तथा बिभाग गठन बैठक कार्यक्रमको संचालन महासंघका महासचिव चक्र तामाङले गरेका थिए । बैठकमा महासंघका केन्द्रिय समिती सदस्यहरुको तथा जातिय संस्थाबाट पाल्नु भएका पदाधिकारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution