मलेसियाको जोहोरबारुमा थारु सेवा समाज क्षेत्रीय कमिटी गठन

-आर एन चौधरी थारु
मलेसिया , नोभेम्बर १३ | प्रवासी थारु सेवा समाज मलेसियाले जोहोरबारुमा थारु सेवा समाज क्षेत्रीय कमिटी गठन गरेका छ ।समाजका केन्द्रिय अध्यक्ष मनिराम थारुको प्रमुख आतिथ्यता तथा केन्द्रिय संचार सचिब भागवत चौधरी थारुको विशेष आतिथ्यतामा मलेशियाको दोस्रो ठूलो शहर जोहोरबारुमा दिनेश चौधरीको अध्यक्षतामा २३ कार्यसमिती क्षेत्रीय कमिटि गठन गरेको हो।
क्षेत्रीय कमिटी गठनको उद्द्घाटन गर्दै प्रमुख अतिथि तथा समाजका केन्द्रिय अध्यक्ष मनिराम थारुले आफ्नो मन्तब्य राख्दै मलेसियामा रोजगारीको सिलसिलामा कार्यरत रहेका थारु युवा लगायतको बुद्धिजीवीहरुलाइ एक जुट गरि बिगत १ बर्ष अगाडि आर चौधरी थारुको नेतृत्वमा थरुहट थारुवान बिकासको निम्ति ,थरुहट पहिचानको निम्ति ,थारु युवाहरु बिच एकताको निम्ति भन्ने मुल नाराको साथ थारु सेवा समाज मलेसिया स्थापना भएको बताउनु हुदै स्थापना गरिएको एक बर्ष भित्रमा क्षेत्रीय कमिटी गठन गर्न पाउनु भनेको हामी र हाम्रो समुदायको लागि उपलब्धि हासिल गर्न/प्रवासमा रहेका थारुहरुलाई एकताको क्षुत्रमा बाध्न केही हद सम्म सफल भएका छौ र अब हामी क्षेत्रीय कमिटी गठनकै क्रममा मलेसियाको तेस्रो ठूलो राज्य पेनाङमा पनि चाडै नै गठन गर्ने र यसको लागी पेनाङमा बस्ने थारु युवा ,युवती लगायतको बुद्धिजीवीहरुको साथ चाहिएकोले आगामी दिनमा पनि यसरी नै हातेमालो गर्दै एकजुट भै थारु र थारु समुदायलाई अगाडि बढ्न बढाउन,समाजसेवामा सक्रिय हुन,सक्दो सहयोग गर्न प्रवासमा रहेका थारुहरुलाई सुझाब सहित अनुरोध गर्नु भयो।
प्रवासी थारु सेवा समाज मलेसिया क्षेत्रीय कमिटी जोहोरबारुमा चयन भएका कार्यसमिति पदाधिकारीहरुमा क्रमश : अध्यक्ष दिनेश चौधरी (बारा),महिला उपाध्यक्ष सारा चौधरी (चितवन), वरिष्ठ उपाध्यक्ष लक्षमण प्रसाद थारु (कपिलवस्तु )महासचिव दीपेन्द्र चौधरी (सुनसरी),सचिव रामलोचन प्रसाद चौधरी (बारा),सहसचिव रमेश चौधरी (दाङ),कोषअध्यक्ष सिलिप चौधरी र अक्षय कुमार थारू (सुनसरी/कपिलवस्तु )सहकोषाध्यक्ष देवनन्द कुमार चौधरी(सुनसरी) वरिष्ठ सल्लाहकार रामनन्द चौधरी र बिनय चौधरी (बारा),सञ्चार सचिव पारस चौधरी (बारा) सदस्यहरुमा बिरेन्द्र कुमार चौधरी(सिरहा),विवेक नन्द कथरिया (कैलाली),राकेश चौधरी (बारा)अनिल कुमार चौधरी (उदयपुर ),बन्दु चौधरी (बारा),शियाराम चौधरी (बारा),देबिनन्द चौधरी (बारा),राजेश सिंह (बारा)चन्तुराम थारु (बर्दिया),पृथीचन चौधरी (सुनसरी) र भगिराम थारू(बर्दिया )का रहेका छन् |
प्रवासी थारु सेवा समाज मलेसिया एउटा बिशुद्ध समाज सेवाको निम्ति खोलिएको थारुहरुको एक मात्र जातिय पहिचान बोकेको समाजिक संस्था हो।
अब आउने नयाँ बर्ष २०१८ को जनवरी महिनामा एक बर्ष पुग्न लागेको उपलक्ष्यमा संस्थाको बार्षिक उत्सव साथ साथै विभिन्न क्षेत्रमा कार्यरत विशिष्ट ब्यक्तित्वहरुलाइ ,पत्रकारहरुलाइ सम्मान र थारु खाना परिकार संगै माघी मिलन कार्यक्रम थारु पिडितहरुको सहयोगार्थ आयोजना गर्ने भएका छ्न्।
कमिटी गठन कार्यक्रममा केन्द्रिय अध्यक्ष मनिराम थारुले चयन भएका नयाँ नयाँ कार्य समिती सदस्य तथा पदाधिकारीहरुलाई दोसल्ला ओढाइ स्वागत तथा सम्मान गरेका थिए ।