रामेछापमा बौद्ध धर्म प्रवचन सम्पन्न

-सोनाम नोर्बु तामाङ
रामेछाप जिल्ला सुनपाती गाउँपालिका स्थित शेरव लिङ महायान बौद्ध धर्म अध्ययन केन्द्रमा बौद्धधर्म को ४ पर्व मध्ये अन्तिम पर्व ल्हाबाब दुईछेन अर्थात भगवान गौतम बुद्ध देव लोकबाट मनुष्य लोकमा अवतरण दिवसको उपलक्ष्यमा प्रमूख अतिथी तामाङ बौद्ध महासंघ नेपालको अध्यक्ष तथा श्रद्रय बौद्ध धर्म गुरु खेन रिन्पोक्षे गेशे ङिमा तामाङ ,बिशेष अतिथी सुनापती गाउँ पालिकाका प्रमूख धावा लामा तामाङ र वडाअध्यक्ष बाबुराम तामाङ लगायत समाज सेवी बुद्धिजिबी र तमाम तामाङ ह्योल्मो तथा अन्य जनसमुदायको सक्रिय सहभागितामा सभ्य र भव्य तरिकाले बौद्ध धर्म भगवान बुद्ध सङ्ग सम्बन्धित चार पर्वहरु लगायत महायान हिनयान बज्रयान तथा तामाङ सस्कार सस्कृती बारे तामाङ समुदाय लगायत उपस्थित जन समुदायमा प्रस्ट पार्नु भई बौद्ध धर्म प्रबचन कार्यक्रम सम्पन्न गरिएको थियो ।