हेडलाईन

मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग        

सिक्स प्याक कसरी बनाउने ?

शरीरलाई आकर्षक देखाउन फिट्नेस सेन्टर धाउने युवा जमात बढ्दो छ । तर, जो फिट्नेस सेन्टर वा घरमै बसेर पनि नियमित व्यायाम गरेर आफ्नो शरीर सुन्दर बनाउन खोजिरहेका हुन्छन्, उनीहरूलाई सही परामर्श दिने फिट्नेस गुरुको भने अभाव छ । जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचाल्ने शारीरिक अभ्यास गर्न थालेपछि एकाएक शरीरमा सिक्स प्याक देखापर्न थाल्छ भन्ने भ्रम धेरैमा पाइन्छ । तर, आफ्नो शरीरको अवस्था, उमेर, उचाइ आदिका बारेमा पर्याप्त जानकारीविना र दक्ष फिट्नेस गुरुविना जति नै धेरै तौल उचाले पनि शरीर राम्रो बन्दैन । फिट्नेस सेन्टर जानुभन्दा पहिला आफ्नो शरीरको अवस्थाबारे जानकारी लिनुपर्छ ।

मानिसको शरीर तीन प्रकारको हुन्छ– एक्टोमर्फ, मेसोमर्फ र एन्डोमर्फ । एक्टोमर्फ टाइपको शरीर हुनेहरू दुब्ला हुन्छन् र उनीहरूको शरीरको हड्डी पनि सानो हुन्छ । यस्ता शरीर भएकाहरूले फिट्नेस सेन्टर ज्वाइन गर्नुअघि तौल बढाउने डाइट खानुपर्ने हुन्छ । शरीरमा चाहिने जति तौल भएन भने जिम गरेरमात्र शरीर आकर्षक देखिँदैन । त्यसैले दुब्ला व्यक्तिले जिम जानुभन्दा अघि फिट्नेस एक्सपर्टसँग परामर्श गरेर कति तौल बढाउने र शारीरिक अभ्यास कहाँबाट सुरु गर्ने निधो गर्नुपर्छ ।

मेसोमर्फ टाइपको शरीर हुनेहरूको हड्डी ठूलो हुन्छ । बनावटको हिसाबले यस्तो शरीर भएकालाई आकर्षक मान्छेको सूचिमा राखिन्छ । यस्तो शरीर भएकाले थोरै मेहनत गरेर पनि आफ्नो शरीर आकर्षक बनाउन सक्छन् । न साह्रै दुब्लो र न साह्रै मोटो हुने भएकाले शरीरिक व्यायाम गर्दा यस्तो टाइपका शरीर हुनेहरूमा रिजल्ट चाँडै देखिन्छ ।

एन्डोमर्फ टाइपका शरीर हुनेहरू मोटा र शरीरमा बोसोको मात्र बढी भएका हुन्छन् । शरीरको फ्रेम ठूलो हुन्छ । तौल पहिला नै बढी हुने भएकाले तौल बढाउने जरुरत पर्दैन । यस्ता शरीर भएकाले निकै मेहनत गरेपछि मात्र शरीर आकर्षक बनाउन सक्छन् ।

फिट्नेसका लागि जिम जानेहरूलाई सुरुमै धेरै तौल उचाल्न लगाएर जिम बलियाहरूले मात्रै गर्ने शारीरिक अभ्यास हो भन्ने भ्रम दिने गरिएको छ । जसले गर्दा शरीर फिट बनाउन चाहने धेरै मानिस फिट्नेस सेन्टर तथा जिम सेन्टर जान डराउने गरेका छन् । फिट्नेस सेन्टर ज्वाइन गर्ने जो कोहीलाई पनि सुरुमा वेट टे«निङ दिनुपर्छ । कम तौल उठाउन लगाएर बिस्तारै तौल बढाउँदै लैजानुपर्छ । फिजिकल अभ्यास गराउनुपर्छ । जिम भन्नेबित्तिकै एकैचोटि ठूलठूला फलाम उचालेर शारीरिक अभ्यास गर्नुपर्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । यसका लागि फिट्नेसको ज्ञान भएको प्रशिक्षकले सही सल्लाह दिन जरुरी छ ।

फिट्नेस भन्नेबित्तिकै सामान्यतयाः हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर, शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्नुपर्छ । । शरीर र मनलाई स्फूर्त राख्ने हामीले शारीरिक व्यायामका लागि केही समय छुट्याउनुपर्ने हुन्छ । हरेक दिन थोरै समय शारीरिक व्यायम गर्दा शरीर, मन र दिमाग स्वस्थ राख्न मद्दत पुग्छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution