हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

ईन्स्पेक्टरले आईजीपी फेर्ने हल्ला गरेपछि आईजीपी प्रकाश अर्यालको आक्रोश

काठमाडौं: प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले आफूलाई फेर्न लागेको हल्लाको पछाडी नलाग्न मातहतलाई निर्देशन दिएका छन्।

सोमबार बिहान प्रहरी मुख्यालयमा निर्वाचन सुरक्षा ‘ब्रिफिङ’ का लागि भनेर बोलाईएको मिटिङमा उपत्यकाका प्रहरी निरीक्षक कमाण्डर हुने कार्यालयदेखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बस्ने सबै कार्यालयका प्रमुखलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

‘चुनाव आईरहेको छ। तपार्इहरु आईजीपी फेर्ने ध्याउन्नमा लागिरहनुभएको छ। आइजीपी फेर्ने काम तपाइँहरुको हो र? प्रहरी निरीक्षकसम्मका दर्जा आईजीपी फेरिन्छ भन्दै हिंडेको सुनेको छु। कारवाहीका लागि तयार रहनुस्,’ अर्यालको भनाई उदृत गर्दै वैठकमा सहभागी एक प्रहरी अधिकृतले भने,‘ सुपर हिरोईज्मका लागि सामाजिक सञ्जालमा आईजीपी फेर्ने समाचार प्रकाशन गर्न लगाएर के गरेको? कसैले कसैलाई बनाउने होइन।’

अर्यालले प्रहरी नियमावली २०७१ ले सबै तहका प्रहरी कर्मचारीलाई कारवाही गर्न सक्ने अधिकार दिएको भन्दै ‘कुरा भन्दा काममा लाग्न’ सुझाएका थिए । चुनावको मुखमा जिल्ला बाहिर मात्रै घटना भएको भनेर चुप लागेर नबस्न अर्यालले प्रहरी अधिकृतहरुलाई सजक रहन निर्देशन दिएका थिए।

उनले भने,‘ निर्वाचनमा आम नागरिकको चाहना ढुक्कले मत हाल्न पाउनुपर्छ भन्ने छ। यसमा नेपाल प्रहरीको भूमिका अहम र विशिष्ठ छ। निर्वाचन सुरक्षाको मात्रै पछि लाग्दा अन्य अपराधले प्रशय पाउला, सबैतर्फ सतर्कता अपनाउनोस।’

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज नेउपानेले निर्वाचनको सुरक्षाको विषयलाई लिएर उपत्यकाका प्रहरी ईन्चार्जहरुलाई बोलाएर ब्रिफिङ गरेको बताए। उनले भने,‘ चुनावी माहोल छ। प्रहरीको भूमिका अहम् छ। आईजीपी सा’बले सबै प्रहरीलाई गफ भन्दा व्यावसायीक ढंगले काम गर भनेर निर्देशन दिनुभएको हो।’






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution