हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

समाजवादी र साम्यवादीबीचको भेद, फरक कहाँ छ ?

समाजवादीहरू र साम्यवादीहरूमा रहेको एउटा भिन्नता भनेको राजनीतिक भिन्नता हो। मानिसलाई विवेकशील बनाउने कि पशुजस्तो भन्ने कुराको त्यसले नै निर्णय गर्दछ। साम्यवादीहरू हामी राम्रो गर्दछौँ, अरु शोषक–सामन्त हुन् भन्दछन् र अरुले आफूलेभन्दा राम्रो नगर्ने हुँदा अरु विचारलाई निषेध गर्नु पर्दछ भन्ने वकालत गर्छन्।

अर्कोतर्फ समाजवादीहरू चाहिँ आफूले राम्रो गर्ने तर आफूभन्दा राम्रो गर्छु भन्ने कुनै अरू छ भने त्यो मौका दिइनुपर्छ, जनताको निर्णयको आधारमा राम्रो गर्छु भन्नेले काम गर्न पाउनु पर्दछ भन्ने मान्यता राख्दछन्।

कम्युनिष्टहरू ‘राम्रो गर्दछौँ’ भन्छन् तर राम्रो नगरेमा पनि आफू हट्न चाहँदैनन्। अर्थात्, उनीहरूलाई हटाउन पाइँदैन। अर्कोतर्फ समाजवादीहरू ‘राम्रो गर्दछौं’ भन्दछन्। सँगसँगै, यदि नराम्रो गरेको अवस्थामा हामीलाई जनताले मतको माध्यमद्धारा हटाएर राम्रो गर्नेलाई ल्याउन पाउनु पर्दछ भनी खुलस्त भन्दछन्।

यसर्थ, समाजवादीहरू प्रष्ट छन्। समाजवादीको विचारमा जनताप्रति आस्था छ । कम्युनिष्टहरू चर्का नारा लगाएर, जनतालाई झुक्याएर सत्तामा जान चाहन्छन् र सत्तामा गएपछि नराम्रो काम गरेमा पनि सत्ताबाट हट्न चाँहदैनन् भन्ने देखिन्छ। यत्ति मात्र हामीले बुझेर प्रष्ट हुन सकेमा पनि हामी सम्भावित पीडाबाट बच्न सक्दछौं।

समाजवादीहरू भन्दछन् कि–जनताले विवेकशील भएर राजनीतिक निर्णय गर्नु पर्दछ। उनीहरूले स्वतन्त्र रुपमा निर्णय गरेपछि पनि चुनावमा पठाएकाहरूले गल्ती गरे भने तिनलाई फेरि मतको माध्यमबाट नै फाल्न पाउनु पर्दछ। साथीहरूले यो प्रष्ट भन्न सक्नु पर्दछ कि– जनताले नराम्रोलाई भन्दा राम्रोलाई छान्ने संभावना बढी हुन्छ। जनतालाई ठग्न पनि नराम्रोलाई बढी गाह्रो हुन्छ । ठगे पनि पुन चुनाव हुँदा जनता सचेत भएर उसलाई हटाउन सक्दछन्।

समाजवादीहरू कहिल्यै पनि जनताको सेवक भन्दा बढी हुन सक्दैनन्। गल्ती गरेमा पनि दलको सदस्यता खुला हुने हुँदा गरीब र जनताको हित गर्नेहरूले समाजवादी दलको सदस्य बनाएर भ्रष्टलाई हटाएर इमान्दारहरूको जमातको रुपमा यसलाई विकसित गर्न सकिन्छ। तर कम्युनिष्ट व्यवस्थामा एकदलीय व्यवस्था हुने हुँदा नेताको विरोध गर्नुभन्दा ठूलो अपराध केही पनि हुँदैन। उनीहरूलाई हटाउनु भनेको असम्भव नै हुन्छ।

समाजवादीहरू र साम्यवादीहरूमा भएको यो भिन्नताले समाजवादीहरूले जनतालाई मालिक मान्ने र साम्यवादीहरूले जनतालाई आफ्नो विचारलाई स्वतन्त्र रुपमा प्रस्तुत गर्न नपाउने दास मान्दछन् भन्ने प्रष्ट नै देखिन्छ।

कम्युनिष्टहरूमा पार्टीको नाममा केन्द्रीय समितिको, केन्द्रीय समितिको नाममा पोलिटब्यूरोको, पोलिब्यूरोको नाममा महासचिव वा अध्यक्षको अधिनायकत्व लाद्ने परम्परा रहेको छ। यसप्रकार कम्युनिष्ट व्यवस्था जनताको व्यवस्था त हुँदैहोइन बरु कम्युनिष्टहरूमध्ये पनि देशको सबैभन्दा ठूलो पदमा रहेको नेताको इच्छानुसार चल्ने स्वेच्छाचारी व्यवस्था हो। नेपालजस्ता देशमा कम्युनिष्टहरूले देखाएको लोकतान्त्रिक चरित्र जनता ठग्ने ढांँग मात्र हो भन्ने तथ्य विश्वमा कम्युनिष्ट व्यवस्था स्थापना भएको देशमा कम्युनिष्टहरूले देखाएका व्यवहारबाट प्रष्ट हुन्छ।

लेनिन र माओ दुवैले भनेका छन् कि मानिसबाट गल्ती हुन्छन्, गल्ती त काम नगर्नेहरूबाट मात्र हुँदैनन्। सुन्दा यो सत्य र मिठो पनि सुनिन्छ। तर, यदि काम गर्नेहरूबाट गल्ती हुन्छ भनी स्वीकार गरिसकेपछि गल्ती गरेमा सुधार गर्ने र त्यसको सजाय पनि पाउने परिपाटी हुन आवश्यक छ, जुन लोकतन्त्रमा मात्र सम्भव हुन्छ। यसकारणले लोकतन्त्रले मात्र गल्ती गर्नेलाई सजिलैसंग हटाउने र सच्याउने अवसर दिन्छ।

त्यसकारण सिद्धान्त ठीक भएपछि दलले पनि ठीक काम गर्ने संभावना बढी हुन्छ। दल भनेको मानिसहरूको समूह हो। मानिसले गल्ती गरेमा लोकतन्त्रमा तिनलाई हटाउन सकिन्छ। उनीहरूको ठाउँमा आफूहरू गएर उनीहरूले गरेका गल्ती सुधार्न सकिन्छ। त्यसो पनि हुन नसके लोकतन्त्रको माध्यमबाट समाजवाद ल्याउने अर्को दललाई साथ दिन सकिन्छ वा दल बनाउन पनि सकिन्छ।

कम्युनिष्टहरू हामी पनि लोकतन्त्रवादी हौँ भन्दछन्, अझ सर्वहारा र पीडितहरूको लोकतन्त्र चाहने हौँ भन्दछन्। कम्युनिष्टहरूको लोकतन्त्र वास्तवमा लोकतन्त्र होइन। उनीहरू सर्वहाराको अधिनायकवाद भन्दछन्। त्यो लोकतन्त्र हुनै सक्दैन। अधिनायकवाद लोकतन्त्र होइन। उनीहरू गरीबको लोकतन्त्र भन्दछन्।

राष्ट्रवादीहरूको लोकतन्त्र भन्दछन्। यो सबै झुठो नारा हो। लोकतन्त्रका विश्वव्यापी मान्यताहरू छन्। त्यसमा विशेषतः जनतालाई विभिन्न विचारहरूमध्ये राम्रो लागेकोलाई स्वतन्त्र रुपमा छान्ने अधिकार हुन्छ। कम्युनिष्ट व्यवस्थामा त्यो छान्ने अधिकार नै हुँदैन। उनीहरू गरीबको लोकतन्त्र तथा सर्वहाराको लोकतन्त्र भन्दछन्। तर कुन सर्वहाराको हित गर्ने भन्ने छान्ने कसले ? उनीहरूका अनुसार उनीहरूले नै छान्ने हो भने आफूलाई राम्रो त हत्यारा र चोरले पनि भन्दछ। जनताले छान्न पाउने हो भने उनीहरूलाई स्वतन्त्र रुपमा छान्ने अधिकार हुनु पर्दछ।

लक्ष्य राम्रो हुनु सबैभन्दा महत्वपूर्ण हो। लक्ष्य पूरा गर्न सिद्धान्त राम्रो हुनु पर्दछ। सिद्धान्त राम्रो भएर मात्र पनि हुँदैन। माध्यम नराम्रो भएको अवस्थामा हामी ग्लोबमा कमिला घुमेको जस्तो गरेर एकै ठाउँमा घुमिरहेका हुन सक्दछौं। उत्तर कोरिया र क्युवा अहिले त्यही अवस्थामा छन्। अझ त्यो भनेको प्रतिगमन पनि हो, किनभने हिडिरहँदा श्रम खर्च हुन्छ, फाइदा हुँदैन। विकासमा लाग्ने श्रम बेकारमा खर्च भएको हुन्छ।

बहुदलीय व्यवस्था मान्ने भएपछि एकदलीय कम्युनिष्ट व्यवस्थामा जस्तो दलले गल्ती गरेमा पनि जनतालाई ठूलो घाटा हुँदैन किनभने जनताले त्यो दललाई अस्वीकार गर्न सक्दछन्। दलको सिद्धान्त ठीक भएमा दलमा इमान्दारहरू प्रवेश गरेर गल्ती गर्नेहरूलाइ हटाउन सक्दछन्। गलत कार्यलाई सजिलैसंग सुधार्न सक्नु महत्वपूर्ण हो। गल्तीलाई सुधार्न पाउने भएपछि गल्ती पनि जानेर गर्ने कार्य हुँदैन र त्यति मात्र होइन, राम्रो र गरीबको हित गर्दछौं भन्नेले गरेन भने त्यसलाई उनीहरूले समय समयमा मत दिएर हटाउन पाउनु पर्दछ। त्यसको लागि लोकतन्त्र चाहिन्छ। बहुदलीय व्यवस्था चाहिन्छ। यस अर्थमा बहुदलीय व्यवस्था जनताको व्यवस्था र गरीब जनताको व्यवस्था हो, जहाँ परिणाम राम्रो हुन्छ, नराम्रो भएमा पनि सजिलै सुधार्न सकिन्छ।

लेखक:शोभाकर पराजुली।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution