नागढुङ्गा-धुलीखेल रेलमार्गको अध्ययन यथासिघ्र थाल्ने

काठमाडौं, २७ कात्तिक– नागढुङ्गादेखि कोटेश्वर हुँदै काभ्रेको धुलीखेलसम्म रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको जिम्मा नागरिक लगानी बोर्डले पाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमवार बसेको बैठकले रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको जिम्मा बोर्डलाई दिएको हो ।
बार्डले हालैमात्र राजधानीमा रेल मार्गबारे एक अध्ययन गरेर रिपोर्ट तयार पारेको थियो । उक्त रिपोर्टलाई सोमवार बसेको बोर्डको बैठकमा समेत पेश गरिएको थियो ।
उक्त अध्ययन रिपोर्टमा काठमाडौंमा ७९ किलोमिटरसम्म रेलमार्ग बिस्तार गर्न सकिने उल्लेख गरिएको छ ।