मलेसियामा “म्हार म्हेन्दो” तामाङ कलाकार संघ गठन

-आरएन चौधरी थारु
मलेसिया,नोभेम्बर -१२ | मलेसियामा नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ गठन भएको छ। आज मलेसियाको राजधानी क्वालालम्पुरमा बिगत दुई हप्ता पछिको प्रयास/मेहनतले गाउँ बेशि दोहोरी साझको प्राङ्गणमा बसेको बैठकले म्हार म्हेन्दो कलाकार संघ गठन गर्न सफल भएको हो।
प्रवासमा रहेका कलाकारहरुको मन भित्र लुकेर बसेको प्रतिभालाई उजागर गर्नको निम्ति ,कलाकारिताको क्षेत्रमा अगाडि बढ्न सक्दो सहयोग गर्नको निम्ति यो संघ गठन गरिएको हो कलाकारिताको अलावा प्रवासको बसाईमा कोहि कसैलाई स्पष्ट भन्नू पर्दा कुनै नेपालीलाई दु:ख परेको खण्डमा यस संघले सक्ने जति साथ र सहयोग हरदम गर्न तयार रहने भनेर सहकर्मी शम्भु मोक्तान तामाङले जानकारी गराउनु भयो।
फुर्बा दोर्जे मोक्तानको अध्यक्षतामा ३३ जना कार्यसमिती सदस्य रहने गरी कलाकार संघ गठन गरिएको हो । पदाधिकारीहरुको नामवली क्रमश: फुर्बा दोर्जे मोक्तान (अध्यक्ष ) ,कोष बोम्जन (बरिष्ठ उपाध्यक्ष),संगिता घलान (उपाध्यक्ष),सागर योञ्जन (महासचिव),रमित स्याङ्तान (सचिव),कृन्जेल योञ्जन (सह-सचिव ),शम्भु मोक्तान (कोषाध्यक्ष), सदस्य्हरुमा प्रदीप योञ्जन, अग्नि बोम्जन, जेम्स जिम्बा, तेन्जिङ लो, सुदिप घिसिङ, जीवन थोकर, हिमाल दोङ, पदम घलान, टुल्कु दोङ ,अम्बर ब.पाखृन,बिनस वाईबा , नवराज थोकर , पाल्दोर्जे पाखृन, हिदाम दोङ ,रञ्जित योञ्जन, चुडेन्द्र योञ्जन, बुद्ध दोङ , दिल ब.मोक्तान , सोनाम ङ्यास्युर , जीवन थोकर ,प्रेमिका मोक्तान , पृसम पाखृन , पासाङ ब्लोन , सन्जाना थिङ, रेशम थिङ र अभिनाश घिसिङ रहेका छन् |