हेडलाईन

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न        

सिड्नीको दक्षिण पश्चिममा नेपालीहरुको वस्ती बाक्लिदै

सिड्नी । सिड्नीको दक्षिण पश्चिममा बिकसित हुँदै गरेका नयाँ वस्तीहरुमा नेपालीहरुको बसोबास निकै बढेको छ ।

एक तथ्यांक अनुसार जम्मा पच्चिस हजार घरधुरी रहनेगरी बिकसित हुँदै गरेका ती वस्तीहरुमा आगामी सन् २०२० अघि नै नेपालीहरुका पाँच सय घरधुरी पुग्नेछन् ।

एडमिनसन् पार्क , बार्दिया, लेपिन्टन, अस्ट्रल क्याथरिन फिल्ड , ओरियन पार्क लगायतका नयाँ वस्तीहरुमा नेपालीहरुको बसोबास पछिल्ला दुर्इ वर्षमा बढेको हो ।

केही वर्ष अघि इन्गलबन, ग्लेन फिल्ड , मक्क्वारी फिल्ड र मिन्टो इलाका मा येसैगरी नेपालीहरुको वस्ती बढेको थियो ।

सिड्नीको मुख्य ब्यापारिक शहर भन्दा झन्डै चालिस किलोमिटर बाहिर नेपालीहरुको विकास हुँदै गरेका वस्तीमा सामूहिक पहल पनि सुरु भएका छन् ।

खासगरी नेपाली कला सँस्कृतिको संरक्षण , नयाँ पुस्ताका लागि नेपाली भाषाको जगेर्ना, पाका पुस्ताका लागि सामूहिक भेटघाट र मित्रताका लागि नेपालीहरुको बाक्लो वस्ती हुनु फाइदाजनक छ ।

हालै स्थानीय एडमिनसन पार्क तथा बार्दिया इलाकामा बस्ने नेपालीहरुको एक बैठकले संगठित सँस्था बनाउने , यो इलाकामा बसोबास गर्ने नेपालीको तथ्यांक संकलन गर्ने र सामाजिक गतिबिधिहरु संचालन गर्ने निर्णय गरेको छ ।

गत तिहारमा आयोजित भैलो कार्यक्रममा पनि उल्यख्य उपस्थिति रह्यो । केही दिन अघि आयोजित बनभोजमा नेपालीहरुको उपस्थिति झनै बढेपछी यहाँ सँस्थाको आवश्यकता बढेको बताउँछन एडमिनसन पार्क निवासी खगराज पौडेल ।

उनका दुर्इ छोरीहरु स्वेता र सूचना पौडेल सिड्नीमा स्थापित कलाकार हुन् । उनीहरु यो इलाकामा आफूभन्दा साना भाइबहिनीहरुलाई नृत्य सिकाउँदैछन् ।

यो इलाकाका सामाजिक अगुवा सूर्य गौतमका अनुसार विभिन्न धर्म मान्ने तर आफ्नो नेपाली भाषा र सँस्कृति हुने नेपालीहरुबीच सामूहिक गतिबिधि संचालन गर्दा सबैलाई फाइदा हुने भएकाले सँस्थागत पहल हुन थालेको बताए ।

यो इलाका र नेपाली पनि लक्षित् गरी घर जग्गा ब्यापार सुरु गरेका रिएल स्टेट एजेन्ट बिष्णु प्रभातले भने,‘केही वर्ष अघि सस्तो भएकोले र पछि आफन्त तथा छिमेकीहरुको प्रोत्साहनमा यो इलाकामा नेपालीहरुको वस्ती बढिरहेको छ ।

दक्षिण एसियालीहरु सकभर समूहमा बस्न रुचाउने र आफ्नो सामूहिक सँस्कृति तथा भाषाको सम्रक्षणमा जागरुक छन् ।

यहाँका एम फाइब र एम सेभेन जस्ता ठूला सडक संजालसँग जोडिएको , रेल सेवा बिस्तार भएको तथा निकट भबिस्यमै नयाँ अन्तर्रास्ट्रिय विमानस्थल पनि नेपालीहरुको वस्तीबाट नजिकै पर्ने भएकाले यहाँ नेपालीहरुको वस्ती अझै बढ्ने सम्भावना छ ।

बढ्दो नेपाली वस्ती र जनसंख्यालाई ध्यानमा राखेर नेपाली भाषा सँस्कृतिको संरक्षण गर्न बनेको १३ सदस्यीय समितिको अध्यक्ष बिष्णु खत्री छन् भने उपाध्यक्ष सुदीप ढकाल , महासचिव दीपेश चिलुवाल, कोषाध्यक्ष अन्जु शर्मा घिमिरे र सदस्यहरुमा सूर्य गौतम , यशोदा श्रेष्ठ , प्रकाश बस्ताकोटी , राज श्रेष्ठ , रामलाल अधिकारी , खगराज पौडेल , मेघराज पौडेल, पुस्कर थापा छन् भने सम्पर्क अधिकृत रबिन नेउपाने रहेका छन् ।@ अनलाइनखबर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution