हेडलाईन

क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन         इजरायलमा चर्चित राष्ट्रिय गायिका मेलिना राईको साथ उभौली साकेला चाड मनाउदै         क्यानाडामा गायक मिलन लामा तामाङलाई मायाको चिनो सहित सम्मान         अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्याण्डको बैंककमा हुने         नेपाली नारी समाज पोर्तुगल द्वारा “Embrace Equity” विषयक गोष्ठी ८ मार्च बुधबारका दिन सम्पन्न         तामाङ समाज पोर्चुगलद्वारा “बिमला तामाङ” लाई नेपाल पठाऊन सहयोग ।         भक्तपुरको आर्शिवादमा कोरियन भाषा सञ्चालन हुँदै         रोमानियामा ई–पासपोर्ट नवीकरण सम्पन्न         रोमानिया मा निधन भएका युवाको पार्थिव शरीर नेपाल पुर्याइयो।         रोमानियामा कार्यरत एक जना नेपाली युबाको निधन         बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन        

आदिवासी, जनजातिको संस्कार र संस्कृतिमा बन्दुक पड्काउनु अनिवार्य

सरकारले स्थानीय प्रशासनमार्फत निर्वाचन अवधिभरका लागि व्यक्ति एवं नागरिकसंग रहेको हातहतियार अनिवार्य बुझाउनु पर्ने उर्दी नै जारी गरेको छ । यही क्रममा देशका बिभिन्न भागमा व्यक्तिको नाममा दर्ता भएको हतियार संकलन कार्य तीब्र समेत बनेको छ । तर कतिपय स्थानमा जनजाति समुदायको परम्परागत संस्कार र संस्कृतिमा घरेलु हातहतियारको प्रयोग अनिवार्य रहेकोले संकलन कार्यमा समस्या देखिएको छ ।

स्थानीय प्रशासनले भरुवा बन्दुक लगायत घरेलु हतियार संकलनका अभियान जारी राखेपनि राई, लिम्बू लगायत आदिवासी जनजाति समुदायको परम्परागत संस्कार संंस्कृतिमा यस्को प्रयोग अनिबार्य रहेकोले हतियार संकलन अभियान प्रभावकारी भइरहेको छैन । सरकारले स्थानीय प्रशासन मार्फत प्रतिबन्धित घरेलु भरुवा बन्दुक तथा हातहतियार बुझाउन उर्दी जारी गरेपनि प्रभावकारी हुन नसकेको हो ।

आदिवासी जनजाति लगायत विभिन्न समुदायको जन्म, विवाह, मृत्यु संस्कार, चाडपर्व, धर्म पूजा गर्दा अनिबार्य बन्दुक पड्काउनुपर्ने संंस्कार कायमै रहेकोले हातहतियार संकलन हुन नसकेको हो । आदिवासी संस्कृतिको रुपमा गोली विना बारुद भरेर बन्दुक पड्काउने, तरवार, धनुकाँड, त्रिशुल प्रयोग गर्ने प्रचलन छ । नेपालको कानुनले हातहतियार राख्न र प्रयोग गर्न सर्बसाधारणलाई प्रतिबन्ध लगाएपनि गाउँघरमा परम्परागत सँस्कृतिको रुपमा घरेलु हतियार प्रयोग कायमै छ ।

निर्वाचन, चाडपर्व र संक्रमणकालीन अवस्थामा हातहतियार स्वेच्छिक रुपमा प्रहरीलाई बुझाउन भनिएको छ । प्रतिबन्धित हातहतियार संकलन अनिबार्य भएपनि स्थानीय समुदायको परम्परागत संस्कृतिको रुपमा प्रयोग भइरहेको अवस्थामा जातीय सस्कृतिमाथि हस्तक्षेप गर्न कठिन भएको स्वयं सुरक्षा निकायले स्वीकार गरेको छ । तर धार्मिक, सांँस्कृतिक कार्यक्रम, जन्म, विवाह, मृत्यु संस्कारमा प्रयोग हुने भएकोले हातहतियार पर्याप्त मात्रामा संंकलन भइरहेको छैन । यसवर्ष जिल्लाको विभिन्न प्रहरी चौकीबाट १२ थान मात्र घरेलु हतियार संकलन भएको प्रहरी नायव उपरीक्षक बामदेव गौतमको भनाइ छ ।

निर्वाचनको दौरान अनपेक्षित र अप्रिय घटना हुन नदिन घरेलु हातहतियारको नियन्त्रण आवश्यक छ नै । तर यसपटक मंसिरमा जुरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको साईत , त्यसमाथि पनि दुई चरणमा पारेर । मंसिर महिना विवाहलगायतको शुभकार्य हुने महत्वपूर्ण महिना पनि हो । आदिवासी , जनजातिको महत्वपूर्ण संस्कार पनि यही अवधिभित्र पर्दछन । तर हतियारलाई लिएर देखिएको समस्या समाधानका लागि सरल बाटो खोजिनु जरुरी छ । जस्ले निर्वाचन कुनै अप्रिय घटनाहरु नघटुन ।

कविन्द्र सेर्मा@news24nepal






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

लुँडोमा पराजित गरेको भन्दै श्रीमतीको ढाड भाँचियो

नयाँदिल्ली, बैशाख २४ । घटना केहि दिन पहिलेको हो । भारतमा जारी लकडाउनका कारण घरेलु हिंसा बढिरहेको ओरोपबिच एक... बाँकी यता

tamang online / May 6, 2020

२ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ... बाँकी यता

tamang online / August 3, 2019

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution